देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मध्यपुरथिमि वडा नं ७ अध्यक्षमा स्वतन्त्र विजयी

देशान्तर

भक्तपुर । मध्यपुरथिमि नगरपालिका वडा नं ७ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार कृष्णकुमार प्रजापति विजयी भएका छन् ।

नेकपा एमालेबाट बागी उम्मेदवारी दिएका प्रजापतिले स्वतन्त्र उम्मेदवारका रुपमा वडाध्यक्षमा एक हजार ९० मत प्राप्त गरी विजयी भएका हुन भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार दिनेश धजूले ७९२ मत प्राप्त गरे ।

अन्य सदस्यमा भने नेपाली काँग्रेसको प्यानल नै विजयी भएको छ । मतगणना परिणाम अनुसार एक हजार ११४ मत प्राप्त गरेर महिला सदस्यमा सुजाता बाँडे, दलित महिला सदस्यमा एकहजार चार मत प्राप्त गरेर शर्मिला विश्वकर्मा, खुला सदस्यमा ९७२ मत प्राप्त गरेर धर्मरत्न बाडे र अर्को खुला सदस्यमा ९९३ मत प्राप्त गरेर सुजन पौडेल विजयी भएका हुन ।

यस नगरपालिकाको नगरप्रमुखमा एमालेका मदनसुन्दर श्रेष्ठ ११ हजार ४१८ मतले अग्रस्थानमा छन् भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका अष्ट कवेँ नौ हजार ९८ मतले पछाडि परेका छन्।

त्यसैगरी, उपप्रमुखमा नेपाली काँग्रेसकी अञ्जना मधिकर्मी नौ हजार ३३ मतले अग्रस्थानमा छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेमकिपाका केदार खड्का छ हजार ११४ मत प्राप्त गरेका छन् । मध्यपुरथिमिको वडा नं ८ को मतगणना सुरु भएको छ ।