अफगानिस्तान । सरकार विरोधी सयौंँ लडाकूहरुको आक्रमणमा परी अफगानिस्तानमा २० भन्दा बढी प्रहरी मारिएका छन् ।
दक्षिणी अफगानिस्तानको जाबुल प्रान्तको शाह जोइ र देह चोपानको सुरक्षा चेकजाँच गर्ने ठाँउमा आइतबार आतङ्ककारीले आक्रमण गरेका प्रान्तीय गभर्नर बिस्मील्लाह अफगानमालले जानकारी दिए ।
“हजारौँ तालीवानी विद्रोहीले शाह जोइ र देह चोपानको सुरक्षा चेकजाँच गर्ने ठाँउमा आईतवार विहानै आक्रमण गरे । घटनामा परी २० जना प्रहरी मारिएका छन्,” गभर्नरले भने ।
सरकारी अधिकारीहरुका अनुसार १४ जना प्रहरी शाह जोइमा र छ जना प्रहरी देह चोपानमा मारिएका हुन् ।
यसैबीच, जाबुल प्रान्तका प्रहरी उपप्रमुख गुलाम जीलानी फाराहीले प्रान्तीय राजधानी क्वालातमा लडाकुले ४० ओटा रकेट बम प्रहार गरेको तर सौभाग्यबस कुनै मानवीय क्षती भने हुन नपाएको बताए ।
उनले सरकारी सुरक्षा फौजको तर्फबाट आक्रमणकारीहरुका विरुद्धमा त्यस क्षेत्रमा सुरक्षा कारबाही कडा बनाइएको बताए । घटनास्थल राजधानी काबुलदेखि ३४० ले किलोमिटर दक्षिणतर्फ पर्दछ ।
प्रतिक्रिया