देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

काठमाडौं महानगरको २९ र ३० मा कांग्रेस विजय

देशान्तर

काठमाडौं । काठमाडौं महानगरपालिकाको– २९ र ३० वडामा नेपाली कांग्रेसको समूहले नै विजय हात पारेको छ ।

वडा नं. २९ को वडाअध्यक्षमा कुश ढकाल एक हजार ५४५ मत ल्याई निर्वाचित भएका छन । उनका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्रका शिवराज राजबंशीले एक हजार ४९१ मत ल्याएका थिए । सो वडाको खुला सदस्यमा अर्जुनबहादुर श्रेष्ठ, इन्द्र कर्मचार्य , महिला सदस्यमा सुशीला ढकाल र दलित महिला सदस्यमा सङ्गीता पूजारी निर्वाचित भएका छन् ।

यसैगरी वडा नंं ३० को वडाअध्यक्षमा काङ्ग्रेसकै दलबहादुर कार्कीले दुईहजार ३३१ मत ल्याई निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका सृुरेन्द्र श्रेष्ठले एक हजार ३५७ मत ल्याएका थिए । सो वडाका सदस्यमा नीरज सत्याल, मनोज डङ्गोल, महिला सदस्यमा सीता तिवारी र दलित महिला सदस्यमा शर्मिला श्रेष्ठ महतो निर्वाचित भएका हुन ।

यस्तै महानगरको प्रमुखमा नेकपा एमालेका विद्यासुन्दर शाक्यले २४ हजार ५३ मत ल्याई अग्रता कायम राखेका छन् ।

नेपाली काँग्रेसका राजुराज जोशीले १७ हजार ७७, विवेकशील नेपाली दलकी रन्जु न्यौपानेले नौ हजार ६९९, साझा पार्टीका किशोर थापाले सात हजार ३२८, नेकपा माओवादी केन्द्रका सर्वोत्तम डङ्गोलले दुई हजार ७८० मत प्राप्त गरेका छन्।

यसैगरी उपप्रमुखमा नेपाली काँग्रेसका हरिप्रभा खड्गीले २२ हजार १९८, राप्रपाका राजाराम श्रेष्ठले १३ हजार ७८१ र साझा पार्टीकी निरुपमा यादवले चार हजार ६७३ मत, माओवादी केन्द्रकी सुशीला पौडेलले तीन हजार ७८६ मत प्राप्त गरेका छन् ।
अहिलेसम्म ७४ हजार २९१ मतगणना भइसकेको छ ।

यसअधि वडा नं– १,२, २५, २७ र २८ वडाको मत सार्वजनिक भइसकेको थियो ।