देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

तस्करको समय राती ११ बजेदेखि ४ बजेसम्म

देशान्तर


दीपेन्द्र चौहान

वीरगंज । पर्सा जिल्लाको विभिन्न नाकाबाट राती ११ बजे देखि बिहान ४ बजेसम्म तस्करी गर्ने ‘लाईन’ दिइएको छ । पर्साको छपकैया, इनर्वा, जानकीटोला, भिस्वा, अमरपट्टी नाकाबाट रातभरी तस्करहरूले समान ओसार–पसार गर्न थालेका छन् । जिल्ला प्रहरी कार्यालय पर्साका हाकिमहरुले पैसा संकलनको लागि हवल्दार बिजय यादवको नेतृत्वमा घुमुवा टोली परिचालन गरेको छ । सो टोलीमा सप्तरी दरबन्दी रहेका प्रहरी हवल्दार सत्यनारायण मिश्रा, रामेछाप दरबन्दी रहेका नन्दन मण्डल र दोलखा दरबन्दी रहेको प्रहरी जवान राजु गुप्तालाई राखिएको छ । सादा पोशाकमा खटिने यी घुमुवा प्रहरीहरु दिनभर असुलीमा व्यस्त रहन्छन् ।

अञ्चल प्रहरी कार्यालयले प्रहरी हवल्दार महम्मद हुसेन र हवल्दार रामबाबु यादवलाई रकम संकलनको लागि खटाएको छ । प्रहरी हवल्दार महम्मद हुसेन पटक–पटक निलम्बन र कारवाहीमा पर्दै आएको बदनाम प्रहरीको रुपमा चिनिन्छन् । सिमरा इलाका प्रहरी कार्यालय बाराले पनि असई राजहरन यादवको नेतृत्वमा घुमुवा टोली परिचालन गरेको छ । विगत आठ वर्षदेखि उनी सोही ठाउ“मा कार्यरत छन् । उनको दरबन्दी मकवानपुर रहेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साको देखासिकी वडा प्रहरी कार्यालय बिर्ताले पनि असई अरबिन्दकुमार यादव र प्रहरी जवान बिजय यादवको टोली बनाएको छ । असई यादवको दरबन्दी काठमाण्डौ जिल्लामा रहेको छ ।

पर्साबाट अहिले हरेन्द्र पटेल, हरदेव यादव, जटाधारी, धमेन्द्र, सुखाडी पटेल, मुखियाजी, देवेन्द्र साह, शम्भु साह, सानो भोला र लखीचन यादवको ‘लाईन’ चलिरहेको छ । मध्य क्षेत्र प्रहरी कार्यालयको निर्देशनमा करिब एक हप्ता लाईन बन्द भएतापनि अहिले तिन दिन देखि पर्सा जिल्लाबाट लाईन खोलिएको हो । मध्य क्षेत्रका हाकिमहरुले भु.पु. सई बच्चु राउतलाई पैसा संकलनको लागि वीरगंज देखि जनकपुरसम्म खटाएको छ ।