काभ्रे । काभ्रेको पाँचखाल नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । मेयरमा कांग्रेसका महेश खरेल ७३५६ मतसहित विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका रुद्र बानियाले ६८०० मत प्राप्त गरे ।
यस्तै उपमेयरमा पनि कांग्रेसकै लक्ष्मी दनुवार ७०२६ मतसहित विजयी भइन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी भक्तकुमारी लामाले ६६२२ मत प्राप्त गरिन् । एमालेको गढ मानिने पाँचखालमा कांग्रेस विजयी भएको छ ।
प्रतिक्रिया