देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मुगु छायानाथ रारा नगरप्रमुखमा कांग्रेस विजयी

देशान्तर

मुगु । छायानाथ रारा नगरपालिकाको नगर प्रमुखमा नेपाली काँग्रेसका हरिजङ्ग शाही तीन हजार ५६० मत ल्याई विजयी भएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका जितबहादुर मल्लले तीन हजार ४४१ मत प्राप्त गरे । नगर उपप्रमुखमा एमालेका सुन्तला रोकायाले तीन हजार २२५ मत ल्याई विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा मओवादी केन्द्रका शुरबहादुर बुढाले दुई हजार ९७० मत प्राप्त गरे ।

छायानाथ रारा नगरपालिकाको १४ वडामध्ये काँग्रेस सात, एमाले चार र माओवादी केन्द्र तीनवटामा विजयी भएको छ । वडा नं १ लोकबहादुर धिताल एमाले, २ मा परेगराज चौलागाई एमाले, ३ मा नरबहादुर रावल काँग्रेस, ४ मा विष्णुबहादुर भाम काँग्रेस, ५ मा डम्मर रावल एमाले, ६ मा हर्क ऐडी काँग्रेस, ७ मा हरिचन्द्र शाही एमाले, ८ मा कर्णबहादुर रावल काँग्रेस, ९ मा मणिचन्द्र रोकाया निर्विरोध माओवादी केन्द्र, १० मा धर्मदत्त सावद काँग्रेस, ११ मा दानबहादुर बुढा काँग्रेस, १२ मा सुवाषचन्द्र बुढा माओवादी केन्द्र, १३ मा चक्रबहादुर साउद काँग्रेस र वडा नं १४ मा नन्दलाल बढुवाल एमाले विजयी भएका छन् ।

यस्तै जिल्लाको तीनवटा गाउँपालिकामध्ये दुईवटाको मतगणना सम्पन्न भएको छ । कारमारोम गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका छिरिङ क्याप्ने लामा एक हजार १७० मत ल्याई विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका सोनाम छिरिङ लामाले एक हजार २६ मत प्राप्त गरे ।

उपाध्यक्षमा एमालेका छिरिङ तामाङ एक हजार ६१ मत ल्याई विजयी भयो । उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका इटोल लामाले ९१५ मत प्राप्त गरे । सो गाउँपालिकाको नौवटा वडामध्ये पाँच वटामा एमाले र चार वटामा काँग्रेस विजयी भएको छ ।

वडा नं १ को वडाध्यक्षमा सोनाम याङ्जी तामाङ एमाले, २ मा कार्मा तामाङ माले, ३ मा लुङडुङ तामा काँग्रेस, ४ मा छिरिङ टासी तामा काँग्रेस, ५ मा छेवाङ ग्याल्जेक तामा एमाले, ६ मा कारमा फुन्जोक लामा निर्विरोध काँग्रेस, ७ मा च्यावा लामा काँग्रेस, ८ मा धोर्पा छिरिङ लामा एमाले र वडा नं ९ को वडाध्यक्षमा सिरु बुढा एमाले विजयी भएका छन् ।