देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पाँचखाल : ८, ९ र १० मा कांग्रेस विजयी

देशान्तर

काभ्रे। पाँचखाल नगरपालिका– ८ को वडाध्यक्षमा नेपाली काँग्रेसका सञ्जय तामाङले एक हजार २० मत ल्याई विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका कर्मसिंह तामाङले १६२ मत प्राप्त गरे।

यसैगरी पाँचखाल नगरपालिका– ९ को वडाध्यक्षमा काँग्रेसका किरण श्रेष्ठले ७६२ मत ल्याई विजयीभएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका शिवराज भेटुवालले ६४५ मत प्राप्त गरे।

यसैगरी नगरपालिका– १० को वडाध्यक्षमा काँग्रेसका केशव बञ्जारा ६०६ मत ल्याई विजयी भयो । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका वेदप्रसाद बञ्जाराले ५८८ मत प्राप्त गरे ।

मण्डन देउपुर नगरपालिका– ८ को वडाध्यक्षमा एमालेका झलकप्रसाद पौडेलले ३९७ मत ल्याई विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका विनोदप्रसाद पौडेलले ३९३ मत प्राप्त गरे ।

धुलिखेल नगरपालिका– १ को वडाध्यक्षमा एमालेका रमेशप्रसाद घोरासैनीले ३८७ मत ल्याई विजयी भयो । उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका
भीमबहादुर तामाङले ६६ मत प्राप्त गरे ।

नमोबुद्ध नगरपालिका– १ को वडाध्यक्षमा काँग्रेसका कर्म ग्याल्वो लामाले ५०८ मत ल्याई विजयी भएका छन ् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका सूर्यदर्शनप्रसाद प्याकुरेलले ४४९ मत प्राप्त गरे ।