देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

गोदावरी नगरपालिकामा कांग्रेसका महर्जन विजयी

देशान्तर

ललितपुर । गोदावरी नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसका गजेन्द्र महर्जनले १३ हजार ८२० मत प्राप्त गरी विजयी भएका छन् ।

महर्जनका प्रमुख प्रतिस्पर्धी नेकपा एमालेका श्यामकृष्ण सिलवालले ११ हजार ८७ मत र माओवादी केन्द्रका श्रीगोविन्द महर्जनले पाँच हजार ६६२ मत प्राप्त गरेका थिए।

त्यसैगरी उपप्रमुखमा नेपाली काँग्रेसका मुना भण्डारी १२ हजार ७७९ मत प्राप्त गरी विजयी भएकि छन्। उनका प्रमुख प्रतिस्पर्धी एमालेका तारा सञ्जेलले १२ हजार ३९६ मत र माओवादी केन्द्रका सीता घिमिरेले छ हजार ४१३ मत प्राप्त गरेका छन् ।

तीन गाउँपालिका तीन पार्टीलाई

स्थानीय तहको निर्वाचनमा यहाँका तीनवटा गाउँपालिकामा तीन ठूला राजनीतिक दलले एक÷एक गाउँपालिकामा आफ्नो वर्चस्व कायम गरेका छन् ।

तीनवटै गाउँपालिकाको मतपरिणामअनुसार वाग्मती गाउँपालिका प्रमुखमा नेपाली काँग्रेसका वीरबहादुर लोप्चन, कोञ्ज्योसोममा नेकपा माओवादी केन्द्रका गोपीलाल सिङ्तान र महाँकाल गाउँपालिकामा नेकपा एमालेका रामचन्द्र दाहाल विजयी भएका हुन ।