देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

संसदको चालु अधिवेशन अन्त्य गर्ने सरकारको निर्णय

देशान्तर

काठमाडौं । व्यवस्थापिका संसदको चालु अधिवेशन आजैबाट अन्त्य हुनेभएको छ । बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषदको बैठकले आजैबाट संसदको चालु अधिवेशन अन्त्य गर्ने निर्णय गरेको हो ।

ऊर्जामन्त्री जनार्दन शर्माका अनुसार आज संसदको बैठक बसेर आजै अन्त्य हुने छ । साथै संसदको बजेट अधिवेशन जेठ ८ गतेदेखि सुरु हुने भएको छ ।

यसैबीच प्रेस काउन्सिलको अध्यक्षमा बराल नियुक्त सरकारले प्रेस काउन्सिलको अध्यक्षमा भवानी बराललाई नियुक्त गरेको छ। वोर्णबहादुर कार्कीको कार्यकाल सकिएसँगै रिक्त रहेको उक्त पदमा बराललाई नियुक्त गरिएको मन्त्री शर्माले जानकारी दिए ।