देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बागलुङमा पत्रकार वडाध्यक्षमा विजयी

देशान्तर

बागलुङ । नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य एवम् धौलागिरि संयोजक ज्ञानेन्द्र गौतम बागलुङ नगरपालिका–११ को वडाध्यक्षमा निर्वाचित भएका छन् ।

नेपाली काँग्रेसका तर्फबाट उम्मेदवार बन ेका गौतमले ६०४ मत प्राप्त गरी विजयी भएका हुन । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका दलबहादुर थापाले ४०१ मत प्राप्त गरे ।

गौतमको दुई दशकदेखिको पत्रकारिता यात्रा स्थानीय तहको निर्वाचसँगै राजनीतितिर मोडिएको छ । गौतम सदरमुकामस्थित सामुदायिक रेडियो बागलुङको स्टेसन म्यानेजर र ई–बागलुङ अनलाइन पत्रिकाको सम्पादकसमेत हुन । उनले यसअघि अन्नपूर्ण पोस्ट राष्ट्रिय दैनिक लगायतका सञ्चारमाध्यममा काम गरिसकेका छन् ।