हुम्ला । हुम्लाको सिमिकोट गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका पदमबहादुर लामा एक हजार ३६५ मत ल्याएर विजयी भएका छन् ।
त्यसैगरी, उपाध्यक्षमा स्वतन्त्र उम्मेदवार बली रावत एक हजार ३७५ मत ल्याएर निर्वाचित भएका छन् ।
चौखेली गाउँपालिकामा नेकपा माओवादी केन्द्रका धनलाल चौलागाईं एक हजार २२४ मतसहित अध्यक्षमा विजयी भएका छन् । उपाध्यक्षमा नेकपा एमालेका विमलाकुमारी शाही एक हजार २३ मतसहित विजयी भएकी छिन् ।
यसैगरी, नाम्खा गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका विष्णुबहादुर तामाङ ८३३ मत ल्याएर विजयी भएका छन् । उपाध्यक्षमा स्वतन्त्र उम्मेदवार पोमा तामाङ ७०४ मतका साथ विजयी भएका छन् ।
प्रतिक्रिया