देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नवलपरासी बुलिङटारमा कांग्रेस विजयी

देशान्तर

नवलपरासी । बुलिङटार गाउँपालिकाको अध्यक्षमा चार हजार ७०८ मत ल्याई काँग्रेसका शशीकरण बस्ताकोटी विजयी भएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका विद्रोही गरीले दुई हजार ५५० मत प्राप्त गरे। उपाध्यक्षमा काँग्रेसका मैना विक चार हजार ६५३ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका पार्वती थापाले दुई हजार ६१३ मत प्राप्त गरे ।

यसअघि जिल्लाको हुप्सेकोट, विनयी त्रिवेणी र बुङ्दीकाली गाउँपालिकाको अध्यक्ष पदमा काँग्रेस विजयी भइससेको छ । एउटा गाउँपालिकाको उपाध्यक्षमा एमाले र तीनवटा गाउँपालिकाको उपाध्यक्ष पदमा काँग्रेस विजयी भएको छ ।