देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

भीनपा २ दोलखामा कांग्रेस नेता विराजमानको उदय

देशान्तर

दोलखा भिमेश्वर नगरपालिका वडा नं २ को वडा अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार युवा नेता विराजमान श्रेष्ठ विजय भएका छन् । श्रेष्ठ उम्मेदवार लेखनाथ श्रेष्ठलाई १ सय २२ मतले पछि पार्दै ८२६ मतका साथ विजयी भएका हुन ।

एमालेका उम्मेद्वार श्रेष्ठले भने ७०४ मतमा सिमित रहयो । यो जित सँगै भिमेश्वर नगरपालिकामा कांग्रेसले पहिलो खाता खोलेको हो । वडा नं १ मा भने एमालेका वीरबहादुर थामी निर्वाचित भैसकेका छन् । नेविसंघ हुदै राजनितिमा प्रवेश गरेका श्रेष्ठ प्रभावशाली दोलखाका नव युवा नेता हुन ।