देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मालिका गाउँपालिकामा काँग्रेस निर्वाचित

देशान्तर

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका श्रीप्रसाद रोका निर्वाचित भएका छन् ।

दुई हजार ७०६ मत ल्याएर रोका अध्यक्षमा निर्वाचित भएका हुन् । रोकाका प्रतिस्पर्धी नेकपा एमालेका बेगप्रसाद गर्बुजाले दुई हजार ६२२ मत प्राप्त गरेका छन् । उपाध्यक्षमा एमालेकी खरमाया बिटालुले दुई हजार ६९१ मत प्राप्त गरी विजयी भएका हुन।

बिटालुकी प्रतिस्पर्धी नेपाली काँग्रेसकी विमला रोकाले दुई हजार ६६४ मत प्राप्त गरे । वडा नं ७ को अध्यक्षमा स्वतन्त्र उम्मेदवार रेशम जुक्जालीले ३६५ मत प्राप्त गरी निर्वाचित भएका हुन् ।

जुक्जालीका प्रतिस्पर्धी एमालेका टुकलाल पुनले २९२ मत प्राप्त गरेका छन् । वडा सदस्यमा स्वतन्त्र प्यानलका चनदेवी पुन ३४५, सरु श्रीपाली ३४६, वुद्धिबहादुर जुक्जाली ३३७ र गोरखबहादुर जुक्जाली ३२३ मत ल्याएर निर्वाचित भएका हुन । एक हजार १५२ मतदाता रहेको सो वडामा ७९७ मत खसेको थियो ।

मालिकाको वडा नं १ मा नेपाली काँग्रेसका टङ्क पुन, २ मा एमालेका नरबहादुर पुन, ३ नं मा एमालेका हेमबहादुर पुन, ४ नं मा माओवादी केन्द्रका दिलीप शेरचन, ५ नं मा काँग्रेसकी पिपला बुढाथोकी, ६ नं मा एमालेका सन्तनाथ जैसी निर्वाचित भएका छन् ।

दश हजार ६४४ जना मतदाता रहेको मालिका गाउँपालिकामा सात हजार १४ मत खसेको थियो ।