देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिकामा नेपाली काँग्रेस विजयी

देशान्तर

बनेपा । काभ्रेपलाञ्चोक जिल्लाको बेथानचोक गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका प्रेम तिमल्सिनाले ३८६८मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका प्रेम लामाले २७४१ मत प्राप्त गरे । उपाध्यक्षमा काँग्रेसकै सरिता लामिछाने (लामा) ले ३८५२ मत प्राप्त गरी विजयी हासिल गरिन् । उनका निकटम प्रतिद्वन्द्वी एमालेका उन्नती केसीले २८४१ मत प्राप्त गरेकी छन् ।

डाँडापारिको खानीखोला गाउँपालिकाको मतगणना कार्य सम्पन्न भएको जनाए पनि सञ्चारको पहुँच नभएका कारण प्राप्त मत परिणाम आउन बाँकी रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । रोशी गाउँपालिकाको ५ नं– वडा सिसाखानीमा नेकपा ९माओवादी केन्द्र०को समूह नै विजयी भएका छन् ।

माओवादीका तीर्थबहादुर लामाले २८४ मत प्राप्त गर्नुभएको छ भने निकटम प्रतिस्पर्धी नेपाली काँग्रेसका धावा लामाले २०९ मत प्राप्त गरेका छन् । मओवादीकोे तर्फबाट महिला सदस्य निशा लामा, दलित महिला सदस्य मैया विक, सदस्य लालसिं लामा र सञ्च लमिनी विजयी भएका छन् ।