देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

लमजुङको मध्यनेपाल प्रमुखमा काँग्रेसका पाण्डे निर्वाचित

देशान्तर

लमजुङ । लमजुङको मध्यनेपाल नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसका रमेशकुमार पाण्डे निर्वा्चित भएका छन् ।

नेकपा (माओवादी केन्द्र)का मोहनहरि पौडेललाई एक हजार ४२१ मतले पछि पार्दै पाँच हजार ९६८ मत ल्याएर पाण्डेले जित हात पारेको हो । पौडेलले चार हजार ५४७ मत ल्याएका थिए ।

यसैगरी उपप्रमुख पदमा नेकपा (एमाले)का उम्मेदवार राजकुमार श्रेष्ठ विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका सीता शाहीलाई २३४ मत अन्तरले पराजित गर्दै श्रेष्ठ विजयी भएका हुन ।

श्रेष्ठले पाँच हजार ५६६ र शाहीले पाँच हजार ३३२ मत ल्याएका छन् । प्रमुखमा निर्वा्चित पाण्डे नेपाली काँग्रेसको महासमिति सदस्य एम्व तरुण दल लमजुङको अध्यक्ष हुन । उपप्रमुखमा निर्वा्चित श्रेष्ठ एमालेको सचिवालय सदस्य हुन ।

मध्यनेपाल नगरपालिकाको वडा नं १ को अध्यक्षमा काँग्रेसका चन्द्रमणि पौडेल, वडा नं–२ को अध्यक्षमा काँग्रेसका पदमबहादुर थापा, वडा नं– ३ को अध्यक्षमा एमालेका नेत्रबहादुर बस्नेत, वडा नं– ४ को अध्यक्षमा एमालेका निर्मल गौतम, वडा नं– ५ को अध्यक्षमा काँग्रेसका बालकुमार जोशी निर्वा्चित भएका छन् ।

यस्तै वडा नं– ६ को अध्यक्षमा (माओवादी केन्द्र)का विष्णुभक्त पौडेल, वडा नं– ७ को अध्यक्षमा काँग्रेसका गगन घिमिरे, वडा नं ८ को अध्यक्षमा एमालेका अमृत तामाङ, वडा नं ९ अध्यक्षमा एमालेका सूर्यबहादुर कुँवर र वडा नं १० को अध्यक्षमा कांग्रेसका रामचन्द्र भण्डारी निवाचित भएका छन् ।