देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

वाग्मती गाउँपालिकामा काँग्रेसको अग्रता

देशान्तर

ललितपुर । वाग्मती गाउँपालिकाको वडा नं ३ र ४ मा नेपाली काँग्रेसका वडा अध्यक्ष समूहसहित विजयी भएका छन् ।

वडा नम्बर ३ मा विष्णुप्रसाद तिमलिल्सनाले ६२४ मत ल्याई विजयी भएका हुन । उनका निकटतम् प्रतिद्वन्दी नेकपा (एमाले) का डिल्लीप्रसाद बजगाईँले ३६४ मत पाए । काँग्रेसका तर्फबाट निर्वा्चित खुल्ला वडा सदस्यहरुमा गोविन्द दाहाल, नवराज खड्का, महिलामा सानुमाया तामाङ र दलित महिलामा सुशीला सुनार रहेका छन् ।

यसैगरी वडा नं ४ मा काँग्रेसका नारायण घले ७०० मत ल्याई वडा अध्यक्ष पदमा विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्दी एमालेका राजकुमार लामाले ३६९ मत पाए । काँग्रेसका तर्फबाट निर्वा्चित खुल्ला वडा सदस्यमा राजकुमार लामा, राजकुमार बजगाईँ, महिलामा फूलमाया जिम्बा र दलित महिलामा मीनाकुमार विक रहेका छन् ।

गाउँपालिकाको वडा नं– १ र २ मा पनि नेपाली काँग्रेसले नै विजयी प्राप्त गरिसकेको छ । अध्यक्षमा काँग्रेसका वीरबहादुर लोप्चनले दुई हजार ३८४, उपाध्यक्षमा रञ्जना घिमिरेले दुई हजार ४५२ मत ल्याई अग्रस्थानमा छन् ।

यसैगरी अध्यक्षमा एमालेका दुर्गाप्रसाद घिमिरेले एक हजार १४२, उपाध्यक्षमा डोलकुमार सिन्ताङले एक हजार १७१ मतका साथ पछ्याइरहनुभएको निर्वाचन अधिकृत रोशनीकुमारी श्रेष्ठले जानकारी दिए ।

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष उम्मेदवार राजु आलेमगरले ८२६ र उपाध्यक्ष कमला थापामगरले ६५७ मत पाएका छन् । गाउँपालिकाको वडा नं ५ को मत गणना अन्तिम चरणमा पुगेको छ भने वडा नं– ६ र ७ को मत गणना सुरु भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।