देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

जुम्लाको सिंजा गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेस, उपाध्यक्षमा एमाले

देशान्तर

जुम्ला । जुम्लाको सिंजा गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका देवलसिंह रावल विजयी भएका छन् ।

अध्यक्ष रावलले एक हजार ४३० मत ल्याएर विजयी हुनुभएको निर्वाचन अधिकृत उमाकान्त पौडेलले जानकारी दिए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाल मजदुर किसान पार्टीका पूर्णप्रसाद धितालले एक हजार २०३ मत प्राप्त गरेका छन् ।

उपाध्यक्षमा नेकपा एमालेका जन्मकन्या खत्री एक हजार ४११ मत ल्याएर विजयी भएका छन् । नेकपा माओवादी केन्द्रका हिक्मत खत्रीले एक हजार ११३ मत ल्याएका थिए ।

विजयी उपाध्यक्ष खत्रीका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका रजकली शाहीले प्राप्त एक हजार २६२ मतमा ११९ मत कमी ल्याएर पराजित भएका छन् ।

नेकपा माओवादी केन्द्रका शीतली रोकायाले एक हजार १७५ मत प्राप्त गरेका थिए । वडाध्यक्षहरुको परिणाम आइसके पनि वडाअनुसारको विजयी उम्मेदवारको नाम र प्राप्त मत लिन सकिएको छैन ।