देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मध्यपुरथिमि नपा– १ मा नेपाली कांग्रेसको प्यानल विजयी

देशान्तर

भक्तपुर । मध्यपुरथिमि नगरपालिका–१ को अध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार सुरज खड्कासहितको प्यानल विजयी भएको छ ।

खड्काले एक हजार ४६२ मत ल्याई अध्यक्षमा विजयी हुनुभएको छ भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का अष्टकुमार कवेँले एक हजार १२४ मत ल्याएका थिए ।

त्यसैगरी नेपाली काँग्रेसका उम्मेदवारहरु महिला सदस्यमा विजयीलक्ष्मी द्वारे, दलित महिला सदस्यमा नानी विश्वकर्मा, खुल्ला सदस्यमा रत्न कुमाल र अर्का सदस्यमा सूर्यमान मुस्याङ विजयी भएका छन् ।

यता मध्यपुरथिमि नगरपालिकामा नेपाली काँग्रेसका उम्मेदवार अष्टकुमार कवेँको प्यानल, सूर्यविनायक नगरपालिकामा एमालेका उम्मेदवार वासुदेव थापाको प्यानल र भक्तपुर नगरपालिकामा नेमकिपाको प्यानल अग्रस्थानमा रहेको छ ।