देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

काठमाडौं महानगरको मेयर–उपमेयरमा कांग्रेसका उम्मेदवार अग्रस्थानमा

देशान्तर

काठमाडौं । काठमाडौं महानगरपालिकामा नेपाली कांग्रेसबाट मेयर पदका उम्मेदवार राजुराज जोशी अग्रस्थानमा आएका छन् । उनी ३८२ मतका साथ अग्रस्थानमा आएका हुन् ।

उनलाई नेकपा एमालेबाट मेयरका प्रत्याशी विद्यासुन्दर शाक्यले ३२४ मतका साथ पछ्याइरहेका छन् ।

यसैगरी साझा पार्टीबाट मेयर पदमा प्रत्याशी किशोर थापा २०१ मतका साथ तेस्रो स्थानमा उभिएका छन् भने विवेकशील नेपाली दलकी रञ्जु दर्शनाले अहिलेसम्म १६६ मत पाएकी छिन् ।

नेकपा माओवादी केन्द्रका सर्वोत्तम डंगोलले २३ र नयाँ शक्तिका पवित्र बज्रचार्यले १८ मत पाएका छन् ।

यसैगरी उपमेयरमा नेपाली कांग्रेसकी हरिप्रभा खड्की १७३ मतका साथ अग्रस्थानमा छिन् । उनलाई राप्रपाका राजाराम श्रेष्ठले १३६ मतका साथ पछ्याइरहेका छन् भने साझा पार्टीकी निरुपमा यादवले अहिलेसम्म ९७ मत प्राप्त गरेकी छिन् ।

यतिबेला काठमाडौं महानगरको एकैसाथ तीन ठाउँमा मतगणना भइरहेको छ । यस अघि २ ठाउँमा वडा नँम्बर १ र ३२ को मतगणना भइरहेको थियो । तर अत्याधिक ढिलो भएपछि फेरि एक ठाउँ थपिएको हो ।

अहिले वडा नम्बर २ को पनि मतगणना सुरु भएको छ । ६ ठाउँमा मत गणना गर्ने भनिएपनि कर्मचारी अभावले ३ ठाउँमा मात्र सुरु भएको निर्वाचन अधिकृतले बताएका छन् । काठमाडौं महानगरपालिकामा २ लाख ७९ हजार ३ सय १६ मतदाता छन् ।