देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पोखरा महानगरपालिका वडा नं २ मा काँग्रेसको प्यानलै विजयी

देशान्तर

पोखरा । पोखरा लेखनाथ महानगरपालिका वडा नं २ मा नेपाली काँग्रेसको समूह विजयी भएको छ ।

काँग्रेसबाट वडाध्यक्षमा रामेश्वर मल्ल ९३४ मतसहित विजयी बनेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का दीनानाथ सुवेदीले ५६३ मत प्राप्त गरेका छन् ।

वडा सदस्यमा काँग्रेसका गौतम बिजुक्छे र बद्री पराजुली तथा महिला सदस्यमा गोमा सुवेदी र दलित महिला सदस्यमा सुनिता सुनार विजयी भएका छन् । सो वडामा एक हजार ७४० मतदाताले मतदान गरेका थिए ।

मादी गाउँपालिकामा एमाले विजयी

कास्कीको मादी गाउँपालिकाका अध्यक्षमा नेकपा (एमाले)का वेदबहादुर गुरुङ चार हजार ६३७ मत प्राप्त गरी विजयी भएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका देवीजङ्ग गुरुङले तीन हजार ६५३ मत र नेकपा (माओवादी केन्द्र)की राधा सापकोटाले ६७४ मत प्राप्त गरिन् ।

यस्तै उपाध्यक्षमा एमालेकी विष्णु पौडेल आचार्य चार हजार ५२३ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी प्रभाश्री गुरुङले तीन हजार १३१ र माओवादी केन्दंकी नन्दश्री गुरुङले एक हजार २०४ मत प्राप्त गरेका छन् ।

बाह्र वडा भएको सो गाउँपालिकामा एमालेले वडा नं १, २, ४, ९, १० र ११, काँग्रेसले ३, ५ र ८ तथा माओवादी केन्द्रले १२ नं वडामा जितेका छन् । कुल १३ हजार ५५९ मत रहेको मादीमा नौ हजार ८८० मत खसेको थियो ।