देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

गलकोट– २ र ३ मा काँग्रेसको प्यानलै विजयी

देशान्तर

बागलुङ । गलकोट नगरपालिका वडा नं २ र ३ मा नेपाली काँग्रेसको समूह नै विजयी भएको छ ।

वडा नं २ मा हेमन्त भण्डारी र ३ मा वीरजङ्ग भण्डारीसहितको समूह विजयी भएको हो । वडा नं १ मा भने राष्ट्रिय जनमोर्चाको समूह नै विजयी बनेको छ । राजमोबाट नेत्र बुढाथोकी अध्यक्षमा निर्वाचित भएका छन् ।

अहिले वडा नं ४ को मतगणना जारीे छ । पछिल्लो मत परिणामनुसार गलकोट नगरपालिकाका प्रमुखमा काँग्रेसका भरत गैरेले अग्रता लिइरहेका छन् । दोस्रो स्थानमा नेकपा (एमाले) र तेस्रोमा राजमोका साझा उम्मेदवार टङ्क केसी रहेका छन् ।