देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

स्थानीय चुनाव : कांग्रेस पहिलो, एमाले दोस्रो र माओवादी तेस्रो स्थानमा (सूचीसहित)

देशान्तर

काठमाडौं । पहिलो चरणमा सम्पन्न चुनावको पछिल्लो नतिजाले पहिलो स्थानमा नेपाली कांग्रेस, दोस्रो स्थानमा एमाले र तेस्रो स्थानमा नेकपा (माओवादी केन्द्र)लाई उभ्याएको छ । पछिल्लो पटक सार्वजनिक २३ स्थानीय तहको नतिजाले कांग्रेस, एमाले र माओवादीलाई क्रमशः पहिलो, दोस्रो र तेस्रो स्थानमा उभ्याएको हो ।

२३ स्थानीय तहमध्ये नेपाली कांग्रेसले ९ स्थानमा जित हात पारेको छ भने एमालेले ७ स्थानमा जितेको छ ।
त्यस्तै माओवादी अहिलेसम्म ६ स्थानमा जितेको छ । स्वतन्त्र उम्मेदवारले एउटा स्थानीय तहको अध्यक्षमा जितेका छन् ।

मंगलबार बिहान साढे ११ बजेसम्मको नतिजा अनुसार देशभरिका २३ वटा स्थानीय तहमा मतगणना सकिएको छ । देशान्तरलाई प्राप्त पछिल्लो नतिजा यस प्रकार छ–

कांग्रेसले जितेका स्थानीय तह

१. कुशे गाउँपालिका, जाजरकोट
२. बुङदीकाली गाउँपालिका, नवलपरासी
३. तमानखोला गाउँपालिका, बाग्लुङ
४. नाशोङ गाउँपालिका, मनाङ
५. नार्फु गाउँपालिका, मनाङ
६. बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिका, मुस्ताङ
७. थासाङ गाउँपालिका, मुस्ताङ
८. लोमन्थाङ गाउँपालिका, मुस्ताङ
९. डुंगेश्वर गाउँपालिका, दैलेख

एमालेले जितेका स्थानीय तह

१. शे–फोक्शुण्डो गाउँपालिका, डोल्पा
२. ठूली भेरी नगरपालिका, डोल्पा
३. काइके गाउँपालिका, डोल्पा
४. शिवालय गाउँपालिका, जाजरकोट
५. चामे गाउँपालिका, मनाङ
६. नेस्याङ गाउँपालिका, मनाङ
७. घरपझोङ गाउँपालिका, मनाङ

माओवादी केन्द्रले जितेका स्थानीय तह

१. मुड्केचुला गाउँपालिका, डोल्पा
२. जगदुल्ला गाउँपालिका, डोल्पा
३. गुठचौर गाउँपालिका, जुम्ला
४. हिमा गाउँपालिका, जुम्ला
५. सान्नी त्रिवेणी गाउँपालिका कालिकोट
६. सानीभेरी गाउँपालिका, रुकुम

स्वतन्त्रले जितेको स्थानीय तह

१. तेञ्जोङ छिरिङ, मुस्ताङ