देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

भक्तपुरको चाँगुनारायण नपामा बुधबार पुनः मतदान

देशान्तर

भक्तपुर । स्थानीय तह निर्वाचन २०७४ अन्तर्गत विवादित चाँगुनारायण नगरपालिकामा बुधबार पुनः मतदान हुने भएको छ ।

चाँगुनारायण– ६ स्थित वडा कार्यालय अर्थात् साबिक नगरकोट गाविस भवनको मतदान केन्द्रमा भने निर्वाचन आयोगले पुन ः मतदान गर्ने भएको हो ।

आइतबार मतदानका क्रममा नेपाल मजदुर किसान पार्टीको चुनाव चिह्न ‘मादल’ नभएको मतपत्र वितरण गरी २२ मतदाताले मतदान गरेको विषयमा विवाद चर्किएपछि निर्वाचन आयोगले विवादित केन्द्रमा पुनः मतदान गर्न परिपत्र गरेपछि त्यस क्षेत्रमा पुनः मतदान हुने भएको हो ।

नवलपरासी जिल्लाका लागि तयार पारिएको मतपत्र चाँगुनारायणमा वितरण गरिएपछि नेमकिपाले उक्त २२ मत बदर गर्न माग गर्दै मतगणना गर्न नदिएपछि मतगणना हुन सकेको थिएन ।

चाँगुनारायण नगरपालिकाको सर्वदलीय बैठकले विवादित विषयलाई टुङ्गो लगाउन निर्वाचन आयोगलाई पत्र पठाएपछि आयोगले विवादित केन्द्रमा पुनः मतदान गर्ने परिपत्र गरेको निर्वाचन अधिकृत रिञ्जा डङ्गोलले बताए ।

चाँगुनारायण– ६ मतदान केन्द्र ‘ख’ मा कुल ८०७ मतदाता छन् । जिल्लाका भक्तपुर, मध्यपुरथिमि र सूर्यविनायक नगरपालिकामा भने मतगणना जारी छ । सोअनुसार मध्यपुरथिमिमा सबै पदमा नेपाली काँग्रेस, सूर्यविनायकमा सबै पदमा नेकपा९एमाले० र भक्तपुर नगरपालिकामा सबै पदमा नेमकिपाले अग्रस्थान लिएका छन् ।