देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मतगणना जारी भएका ४ महानगरपालिकाको आज बिहान सम्मको यस्तो छ मतपरिणाम

देशान्तर

काठमाडौं । पहिलो चरणको निर्वाचनको मतगणना जारी रहँदा चार महानगरपालिकामध्ये तीन ओटामा नेकपा एमालेले अग्रता लिएको छ । यस्तै एक महानगरमा माओवादी केन्द्रले अग्रता लिएको छ । पछिल्लो मतपरिणामअनुसार काठमाडौं, ललितपुर र पोखरा महानगरपालिकामा एमालेले अग्रता लिएको हो । यस्तै भरतपुर महानगरमा भने माओवादी केन्द्रले अग्रता लिएको हो । सर्वाधिक चासोको रुपमा हेरिएको काठमाडौं महानगरपालिकाको मतगणना रोचक बन्दै गएको छ । सुरु देखिनै पहिलो पटक चुनाव लडेका साझा पार्टीका किशोर थापाले राम्रो मत ल्याएका छन् ।

एमालेका विद्यासुन्दर शाक्यले भन्दा केहि कम मात्र मत ल्याएका छन् । एमालेका विद्यासुन्दर शाक्यले १६१ मत ल्याउँदा किशोर थापाले ११४ मत ल्याएर पछ्याइरहेका छन् । यस्तै कांग्रेसका राजुराज जोशीले १०१ मत ल्याएका छन् भने विवेकशील नेपाली दलकी रञ्जुु दर्शनाले ७९ मत ल्याएकी छन् । यस्तै उपमेयरतर्फ कांग्रेसकी हरिप्रभा खड्कीले १४२ मत, राप्रपाका राजाराम श्रेष्ठले ११३ मत र साझा पार्टीकी निरुपमा यादवले ८४ मत ल्याएकी छन् । काठमाडौंमा मेयर र उपमेयरमा एमाल–राप्रपाबीच तालमेल रहेको छ ।

लेखनाथ महानगरपालिकामा एमालेको अग्रता कायमै रहेको छ । जवकी पोखरा महानगरमा कांग्रेस– माओवादी गठबन्धन रहेको छ । कांग्रेस माओवादी गठबन्धनबाट रामजी कुँवरबाट ६६५ मत प्राप्त गरेका छन् । एमालेका मानबहादुर जिसी भने ९३१ मतका साथ अग्रस्थानमा रहेका छन् । यस्तै नयाँ शक्तिका हुमबहादुर तामाङ १४७ मतका साथ तेस्रो स्थानमा रहेका छन् । ललितपुर महानगरको मेयरमा एमालेको अग्रता कायमै रहेको छ । मंगलबार बिहानसम्म एमालेका हरिकृष्ण व्यञ्जनकारले २६२५ मत ल्याएका छन् भन् कांग्रेसका चिरिबाबु श्रेष्ठले २१७७ मत ल्याएका छन् ।

यस्तै माओवादी केन्द्रका दीपेश महर्जनले ८४७ मत ल्याएका छन् । ललितपुरमा एमाले–राप्रपाको गठबन्धन रहेको छ । चितवनस्थित भरतपुर महानगरपालिकामा मेयर पदमा माओवादी– कांग्रेस गठबन्धनकी माओवादी उम्मेद्वार रेणु दाहालले अग्रता लिएकी छिन् । यसअघि एमालेका उम्मेदवार देवी ज्ञवालीले अग्रता लिँदै आएकोमा पछिल्लो मतपरिणामअनुसार दाहालले अग्रता लिएकी हुन् । ६०० मत गन्दा माओवादी केन्द्रकी अध्यक्ष समेत रहेका प्रचण्डका पुत्री दाहालले २८७ मत ल्याएकी छन् भने ज्ञवालले २६४ मत ल्याएका छन् ।