देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

उम्मदेवार नै नभएपनि चिह्नलाई भोट

देशान्तर

ललितपुर । ललितपुर महानगरपालिकामा एमाले र राप्रपाबीच तालमेल भयो जसअनुसार एमालेले उपमेयरमा राप्रपालाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएको थियो । अर्थात् ललितपुर महानगरमा एमालेका उपमेयर उम्मेदवार नै थिएनन् । तर, वडा नं १ को मतगणना गर्दा उपमेयरमा एमालेले सबभन्दा बढी मत पाएको छ । एमालेले यो पदमा १ सय ३३ मत पायो भने राप्रपाका उपमेयर उम्मदेवार बाबुकाजी प्रधानले ८९ मत मात्रै पाए । आफूलाई भन्दा उम्मेदवार नै नभएको सूर्य चिह्नमा बढी मत आएको देखेपछि प्रधानले असन्तुष्टि प्रकट गरेका छन् ।

उक्त वडामा कांग्रेसका निर्मल तण्डुकार ६ सय ९२ मत ल्याएर विजयी भएका छन् । तण्डुकारले प्रतिद्वन्द्वी एमालेका उम्मेदवार रमेश महर्जनलाई १६२ मतअन्तरले हराए । माओवादी केन्द्रका उम्मेदवार अर्जुन तण्डुकारले २८१ मत ल्याए । यो वडामा दलित महिला सदस्यमा नयाँ शक्तिकी विनाकुमारी पोडे निर्विरोध भइसकेकी छन् । महानगरको प्रारम्भिक मतगणनामा मेयरमा एमालेले अग्रता लिएको छ । एमालेलाई कांग्रेसले पछ्याइरहेको छ । यस्तै, महालक्ष्मी नगरपालिका १ र २ मा एमालेको प्यानलै विजयी भएको छ ।

ललितपुरकै महाकाल गाउँपालिका ६ मा एमालेको प्यानल विजय भएको छ । वडाअध्यक्षमा एमालेका रामकृष्ण आचार्यले ३ सय ६१ मत ल्याए । उनले कांग्रेसका बाबुलाल श्रेष्ठलाई ८८ मतअन्तरले हराए । महाकाल गाउँपालिकामा स्वतन्त्र उम्मेदवार गणेशबहादुर केसीले प्रारम्भिक अग्रता लिएका छन् भने वडा नं ५ मा कांग्रेस उम्मेदवार शुभप्रसाद दाहाल विजयी भएका छन् ।

कोन्ज्योसोम गाउँपालिकामा माओवादी केन्द्रले अग्रता लिएको छ । यहाँको वडानम्बर १ मा माओवादीको प्यानल नै विजयी भएको छ । यहाँ अध्यक्षमा सन्तलाल लामाले ३ सय ४२ मत ल्याए । गोदावरी र महालक्ष्मी नगरपालिकाको मेयरमा एमालेले अग्रता लिएको छ । वाग्मती गाउँपालिकामा कांग्रेसले अग्रता लिएको छ । कान्तिपुरमा समाचार छ ।