देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मुस्ताङको लोमन्थाङ गाउँपालिकामा प्रमुख-उपप्रमुख दुबै कांग्रेस

देशान्तर

मुस्ताङ । मुस्ताङको लोमन्थाङ गाउँपालिकाको प्रमुख र उपप्रमुखमा काँग्रेस उम्मेद्वार विजयी भएका छन् । अध्यक्षमा काँग्रेसका सुवर्णकुमार विष्ट र उपाध्यक्षमा पेमा डोल्मा विष्ट विजयी भएका हुन् ।

दुई सदस्य एमाले र एक सदस्य माओवादी बाहेक सबै काँग्रेसकै उम्मेदवार विजयी भएका जिल्ला निर्वाचन अधिकारी सिताराम शर्मा लामिछानेले बताए ।

उनका अनुसार वडामा पनि एउटामा मात्रै माओवादीले जितेको र सबै काँग्रेसले जितेको छ । यस्तै, मुस्ताङकै घरपझोङको प्रमुख र उपप्रमुखमा एमाले विजयी भएको छ । मुस्ताङमा पाँच वटा गाउँपालिका छन् ।