देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

गोकर्णेश्वर र कागेश्वरी मनोहरामा काँग्रेसको अग्रता

देशान्तर

काठमाडौं । गोकर्णेश्वर नगरपालिकामा नेपाली काँग्रेसका उम्मेदवारले प्रमुख, उपप्रमुखसहित १ नम्बर वडाध्यक्षमा अग्रता लिएका छन् ।

दिउँसो ३ बजेसम्म गणना भएको मतमध्ये प्रमुखका उम्मेदवार सन्तोष चालिसेले ५२३ र उपप्रमुखकी उम्मेदवार शान्ति नेपालले ५१४ मत प्राप्त गरेका छन् । नेकपा (एमाले)का पुण्यप्रसाद चौलागार्इंले ३८२ र उपप्रमुखकी उम्मेदवार शान्ति श्रेष्ठले ४१५ मत प्राप्त गर्नुभएको नगर निर्वाचन अधिकृत निर्मला शर्मा सुवेदीले जानकारी दिए ।

नेकपा (माओवादी केन्द्र) का टिआर नेपालले २२८ र राप्रपाका श्यामकृष्ण श्रेष्ठले १६ मत प्राप्त गर्नुभएको छ । यसैगरी उपप्रमुखमा माओवादी केन्द्रकी रेनुका कार्कीले २०८ र राप्रपाकी अञ्जना श्रेष्ठले ११६ मत प्राप्त गरेका छन् ।

नगरपालिकाको वडा नं १ को मतगणना भइरहेको नगर निर्वाचन कार्यालयले जनाएको छ । १ नं वडामा वडाध्यक्ष र महिला एवम् दलितसहित तीन वडा सदस्यमा काँग्रेस र खुला एक वडा सदस्यमा एमालेका उम्मेदवार अघि रहेका छन् ।

कागेश्वरी मनोहरामा पनि काँग्रेसकै अग्रता

कागेश्वरी मनोहरा नगरपालिकामा एक हजार ७६२ मत गणना गर्दा नेपाली काँग्रेसका उपेन्द्र कार्कीले ७१०, नेकपा (एमाले) का कृष्णहरि थापाले ५५२, नेकपा माओवादी केन्द्रका महेश्वर फँुयालले ३११ र राष्ट्रिय प्रजातन्त्र पार्टीका शम्भु थापाले ६४ मत प्राप्त गरेका छन् ।

यसैगरी उपप्रमुखमा काँग्रेसकी अनिता अधिकारीले ७०७, एमालेकी बिन्दु सिम्खडाले ५७५, माओवादीकी रुकु रणपालले २८० र राप्रपाकी कुस्मा नगरकोटीले ७० मत प्राप्त गरेको नगर निर्वाचन अधिकृत प्रकाश कोइरालाले बताए ।

वडा नं १ को मतगणना भइरहेकामा वडा अध्यक्षमा काँग्रेसले ५८९, एमालेले ५४२, माओवादीले ३९४ र राप्रपाले ९४ मत पाएका छन् ।

शङ्खरापुरमा एमालेको अग्रता

शङ्खरापुर नगरपालिकामा नेकपा (एमाले) का सुवर्ण श्रेष्ठले ८५८, नेकपा (माओवादी केन्द्र) का कृष्णराज सुवेदीले ५७०, नेपाली काँग्रेसका शङ्कर तिवारीले ४०३ र राष्ट्रिय प्रजातन्त्र पार्टीका मीजेन्द्रकाजी श्रेष्ठले ६८ मत प्राप्त गर्नुभएको नगर निर्वाचन अधिकृत भुवनेश्वर पौडेलले बताए ।

उपप्रमुखमा एमालेकी शुक्रलक्ष्मी श्रेष्ठ ९१५, माओवादीकी इन्द्रकुमारी तामाङ ६४४, नेपाली काँग्रेसकी मञ्जु खड्काले ३५३ र राप्रपाकी बेली तामाङले ८८ मत प्राप्त गरेको छ ।

शङ्खरापुरको १ नं वडामा एमाले विजयी

शङ्खरापुर नगरपालिका वडा नं १ मा एमालेका वडाध्यक्षसहित सबै वडा सदस्यको समूह विजयी भएका छन् । वडाध्यक्ष पदमा एमालेका तर्फबाट श्याममणि ढुङ्गानाले ९२५ मत ल्याई विजयी भएको नगर निर्वाचन कार्यालयले जनाएको छ ।

उनका निकटतम प्रतिद्वन्दी माओवादीका मोहनाथ दङ्गालले ७४२ र काँग्रेसका रमेश तिवारीले ३५० मत पाएका थिए ।

निर्वाचित सदस्यमा वीरबहादुर तामाङ, मधुकेशव तिमल्सिना, बुद्धिमाया तामाङ र चीनकुमारी दमाइ छन् ।

बूढानीलकण्ठ नगरपालिकामा एमालेको अग्रता

बूढानीलकण्ठ नगरपालिकामा नेकपा ९एमाले० का उद्धवप्रसाद खरेलले ८७९, नेपाली काँग्रेसका राजुराज श्रेष्ठले ५५५ मत, नेकपा ९माओवादी केन्द्र० का रवीन अधिकारीले २४८ मत र राष्ट्रिय प्रजातन्त्र पार्टीका सानुकान्छा श्रेष्ठले ७२ मत प्राप्त गरेका छन् ।

यसैगरी उपप्रमुखमा एमालेकी रमादेवी राईले ८७५, काँग्रेसकी सुभद्रा खड्काले ५७१, माओवादीकी होमकुमारी दुलालले २७३ र राप्रपाकी सावित्रा थापाले ४६ मत प्राप्त गर्नुभएको नगर निर्वाचन अधिकृत सुरेशप्रसाद नेपालले जानकारी गराए ।

नगरपालिकामा हाल साविकको कपन गाविस अर्थात् वडा नं १२ र १३ को मतगणना भइरहेको उनले बताए ।

तारर्केश्वर नगरपालिकामा काँग्रेस अघि

तारर्केश्वर नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेसले अग्रता लिएको छ । नेकपा (एमाले) दोस्रो र नेकपा (माओवादी केन्द्र) तेस्रो स्थानमा रहेका छन् ।

पाँच बजेसम्म भएको मतगणनामा नेपाली काँग्रेसका प्रमुखले ९४ र उपप्रमुखले ९२ मत ल्याएका छन् भने एमालेले प्रमुखमा ८६ र उपप्रमुखमा ९० मत ल्याएको छ ।

तारकेश्वर नगरपालिकाका निर्वाचन अधिकृत निर्मला योङयाले दिएको जानकारीअनुसार माआवादी केन्द्रबाट प्रमुखका उम्मेदवारले ५७ र उपप्रमुखले ५२ मत ल्याएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रमुखमा १७ मत प्राप्त गरेका छन् ।

कुल २९ हजार ५०० मतदाता रहेको तोर्केश्वरमा ८० प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ ।