देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नवलपरासीका दुई नगरपालिकामा कांग्रेस र एउटामा एमाले अघि

देशान्तर

गैंडाकोट । स्थानीय तह निर्वाचनको मतगणनामा नवलपरासीका तीन नगरपालिकामध्ये दुईमा कांग्रेसले अग्रता लिएको छ । एमालेले एउटा नगरपालिकामा अग्रता लिएको छ । आइतबार सम्पन्न निर्वाचनको राती देखि नै मतगणना सुरु भएको थियो।

नवलपरासीको देवचुली नगरपालीकामा अहिलेसम्म ४९९ मत ल्याएर कांग्रेसले अग्रता लिएको छ भने एमाले ४२९ मत ल्याएर उसलाई पछ्याइरहेको छ। त्यस्तै माओवादीको २६२ मत ल्याएर तेस्रो स्थानमा छ।

गैँडाकोट नगरपालिकामा पनि कांग्रेस अघि छ। कांग्रेसको २५४ मत, एमालेको ५६ र माओवादीको २४ मत आएको छ। नवलपरासीको मध्येविन्दु नगरपालिकामा भने एमाले अघि छ। एमालेले १६१ मत ल्याउँदा कांग्रेसले ११८ ल्याएको छ। यहाँ पनि माओवादी २० मतले तेस्रो स्थानमा छ।