देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

जुम्लामा मतगणना सुरु, चन्दननाथमा काँग्रेस अगाडि

देशान्तर

जुम्ला । जिल्लाको चन्दननाथ नगरपालिका, पातारासी, हिमा, कनकासुन्दरी गाउँपालिकामा मतगणना सुरु भएको छ। चन्दननाथ नगरपालिकाको एक वडाबाट मतगणना सुरु भएको मुख्य निर्वाचन अधिकृत वासुदेव न्यौपानेले जानकारी दिए। पहिलो चरणमा ११२ मतगणना भएको उनले बताए।

जसमा नेपाली काँग्रेस प्रमुखका उम्मेदवार कान्तिका सेजुवालले ६६, उपप्रमुख जगतबहादुर खत्रीले ५३, नेकपा माओवादी केन्द्रका प्रमुखका उम्मेदवार अशोक श्रेष्ठले २८ र उपप्रमुख अप्सरा ज्यौपानेले ३० मत र नेकपा ९एमाले० प्रमुखका उम्मेदवार शान्तिलाल महतले १०, उपप्रमुख मेनका रेग्मी चौलागाईंले आठ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत न्यौपानेले जानकारी दिए।

त्यसैगरी नेपाली काँग्रेस वडाध्यक्षका उम्मेदवार जयबहादुर रावलले ६७ मत, नेकपा माओवादी केन्द्रका वडाध्यक्षका उम्मेदवार अमृतकृष्ण आचार्यले २५ मत र नेकपा एमाले वडाध्यक्षका उम्मेदवार दयादत्त हमालले १३ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत न्यौपानेले जनाए। गणना भएको मतमा दुई मत बदर भएको छ।

जिल्लाका तीन गाउँपालिकाको मतपरिणाम सञ्चार सम्पर्क हुन् नसकेको थाहा भएको छैन। तिला, गोठीचौर, सिङ्जा र तातोपानी गाउँपालिकामा भने अहिले बिहानबाट मतगणना सुरु हुने मुख्य निर्वाचन अधिकृतको कार्यालय जुम्लाले जनाएको छ।