देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मतदानपछि प्रधानमन्त्रीले भने–‘रुखमा भोट हाले’

देशान्तर

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आफुले रुखमा मतदान गरेको बताएका छन् । चितवनको भरतपुर महानगरपालिका वडा नम्बर ४ लंकुस्थित लक्ष्मी मावि मतदानकेन्द्रमा मतदान गरेका प्रधानमन्त्री दाहालले तालमेल अनुसार मतदान गरेको बताए ।

भरतपुर महानगरमा नेपाली कांग्रेस र माओवादी केन्द्रका बीचमा तालमेल भएको छ । भरतपुरमा मेयरमा माओवादी केन्द्र र उपमेयरमा नेपाली कांग्रेसलाई सहयोग गर्ने गरि सहमति भएको हो । प्रधानमन्त्री दाहालले भनेअनुसार तालमेलमा मतदान गर्दा उनले उपमेयर लगायत अन्य पदमा नेपाली कांग्रेसलाई मतदान गरेका छन् । कांग्रेसको चुनाव चिन्ह रुख हो ।

उनले कसले कहाँ भोट हाल्ने कुरा महत्वपूर्ण नभइ निर्वाचन सम्पन्न हुनु चाहिँ ठूलो कुरा भएको बताए। उनले तालमेल अनुसार नै मतदान भएको पनि बताए। ‘यस ऐतिहासिक निर्वाचनमा व्यापक रुपमा मतदानमा सहभागी हुन हिजो नै मैले अपिल गरेको छु। आज उत्साहपूर्णढंगले जुन सहभागिता देखापरेको छ, यसले सबैतिर अपेक्षाभन्दा बढी नै मतदान हुन्छ भन्ने मलाई विश्वास छ।’ प्रधानमन्त्री दाहाल शनिबार नै मतदान गर्न परिवारसहित भरतपुर गएका थिए।