देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

भौतिक आक्रमणमा उत्रिए एमाले कार्यकर्ता

देशान्तर

काठमाडौं । स्थानिय तहको पहिलो चरणको निर्वाचनमा मतदान हुन अघिल्लो दिन एमालेका कार्यकर्ताहरुले भौतिक आक्रमणको प्रयासमा उत्रेका छन् । बनमन्त्री शंकर भण्डारीमाथि लम्जुङबाट फर्कनेक्रममा आफ्नो गृहनगरमा आक्रमणको प्रयास गरेका एमाले कार्यकर्ताहरुले पछिल्ला दिनमा कांग्रेस नेताहरुमाथि आक्रमणको श्रृखला बृद्धि गर्दै लगेका छन् । शनिवार मात्रै उदण्ड एमाले कार्यकर्ताहरुले वाणिज्यमन्त्री रोमी गौचन र स्वस्थ्यमन्त्री गगन थापामाथि दुव्र्यवहार गरेका छन् । मन्त्री गौचन मतदानका लागि आफ्नो गृह जिल्ला मुस्ताङमा छन् । मन्त्री गौचन शुक्रबार मुस्ताङको दालोमे गाउँपालिका तेताङ गाउँमा आफ्ना कांग्रेस कार्यकर्ता भेट्न पुगेका बेलामा मन्त्रीले पैसा बाँडेको भन्दै दुव्र्यवहारमा उत्रिएका थिए । मन्त्री गौचनको जन्म थलो समेत त्यही गाँउ पालिकामा पर्दछ । गएराती मन्त्रीमाथि दुव्र्यवहारमा उत्रिएका एमाले कार्यकर्ताहरुले शनिवार बिहानै देखि जोमसोम बजार बन्द गराएका छन् । एमाले कार्यकर्ताहरुले कालीगण्डकी करिडोरको कोरला सडकको ठाउँ ठाउँमा चक्काजाम गरेका छन् । एमालेको प्रर्दशनका कारण मुक्तिनाथ जान लागेका दर्शनार्थीहरु बाटोमै रोकिएका छन् ।

त्यस्तै स्वास्थ्य मन्त्री थापालाई शनिबार विहान कपनमा हजुरबुवा पर्नेसँग भेट गरेर फर्कंदा एमाले कार्यकर्ताहरुले दुव्र्यवहार गरेका हुन । निजी गाडी चढेर एक स्थानीय कार्यकर्ताको घरमा पुगेका मन्त्री थापालाई स्थानीय एमाले कार्यकर्ताले गगनेलाई लखेट् भन्दै एमालेका कपनका जिम्मेवार नेता कार्यकर्ताहरुले दुव्र्यवहार गरेका थिए । कपन मन्त्री थापाको आफ्नो निर्वाचन क्षेत्र हो एकजना समर्थकको घरभित्र रहेका मन्त्री थापा बाहिर निस्केर घरतिर जाने क्रममा एमाले कार्यकर्ताले घेराउ गर्दै मन्त्रीको गाडीमा पछाडिबाट ढुंगा हानिएको प्रहरीले जनाएको छ । मन्त्री थापाले भने आफूले आचारसंहिता उल्लंघन नगरेको र कार्यकर्ताको घरमा आएको बताएका थिए ।

उनले आफू यसरी घरमा जान पाइने प्रतिक्रिया गाडीभित्रैबाट दिए । एमाले कार्यकर्ताहरु मोटरसाइकल चढेर मन्त्रीमाथि आक्रमण गर्ने नियतका साथ पछ्याउदै सुकेधारासम्म पुगेका थिए । त्यो भन्दा अगाडि विहिवार राती एमाले कार्यकर्ताहरुले नुवाकोटमा सविच सुरेन्द्र अधिकारीमाथि आक्रमणको प्रयास गरेका थिए । त्यो भन्दा अगाडि लम्जुङबाट फर्कनेक्रममा बनमन्त्री शंकर भण्डारीमाथि एमाले कार्यकर्ताहरुले तनहुँमा आक्रमणको प्रयास गरेका थिए ।