देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

राष्ट्रपति भण्डारी पाँच दिने भ्रमणका लागि बैंकक प्रस्थान

देशान्तर

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी भाइल्याण्ड र श्रीलंकाको पाँच दिने भ्रमणका लागि शुक्रबार थाइल्यान्डको बैंकक प्रस्थान गरेकी छिन्। त्रिभुवन अन्तरार्ष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल, उपप्रधान अर्थमन्त्री कृष्णबहादुर महरा, सभामुख ओनसारी घर्ती लगायतले उनलाई विदाई गरे।

२० सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रपति भण्डारी बिहान सबा १० बजे नेपाल वायुसेवाको विमानमा बैंकक प्रस्थान गरेकी हुन्। राष्ट्रपतिको श्रीलंका भ्रमण टोलीमा सामान्य प्रशासनमन्त्री बुढाथोकी, चिकित्सक, सल्लाहकार, राष्ट्रपति कार्यालय तथा परराष्ट्र मन्त्रालयका अधिकारी र सञ्चारकर्मी छन्। श्रीलंकाको राष्ट्रपति मैथ्रिपाला सिरिसेनाको निमन्त्रणामा भण्डारी श्रीलंका भ्रमणमा निस्किएकी हुन्। श्रीलंका पुग्नुअघि आज एक दिन उनले थाइल्यान्डको राजधानी बैंककमा बिताउनेछिन्।

बैंककमा रहँदा उनले केही महिनाअघि मृत्यु भएका थाइल्यान्डका राजा भूमिबोल अदुल्यादिजको समाधिस्थल पुगी समवेदना व्यक्त गर्ने कार्यक्रम छ। राष्ट्रपतिको श्रीलंका भ्रमण टोलीमा सामान्य प्रशासनमन्त्री बुढाथोकी, चिकित्सक, सल्लाहकार, राष्ट्रपति कार्यालय तथा परराष्ट्र मन्त्रालयका अधिकारी र सञ्चारकर्मी छन्। श्रीलंकामा आइतबार राष्ट्रपति भण्डारीले संयुक्त राष्ट्रसंघको एक सम्मेलनको समापन समारोहलाई प्रमुख अतिथिका रूपमा सम्बोधन गर्ने कार्यक्रम छ। भ्रमणका क्रममा श्रीलंकाली राष्ट्रपतिसँग उनले द्विपक्षीय भेटवार्ता गर्नेछिन्। राष्ट्रपति भण्डारी जेठ २ गते स्वदेश फर्कनेछिन्।