देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कांग्रेसको चुनाव प्रचार प्रसारमा कोमल ओली

देशान्तर

काठमाडौं । हालै राप्रपामा प्रवेश गरेकी गायीका कोमल ओलीको ललितपुर महानगरपालिका वडा नं २ बाट नेपाली काँग्रेसका वडाध्यक्ष उम्मेदवार पवन बिष्टको प्रचारप्रसारमा सहभागि भएकी छन् ।

उनी नेपाली कांग्रेसको चुनावी प्रचारमा सहभागि भएको तस्बिर समाजिक सञ्जालमा पोष्ट भएका छन् । उनी मंगलबार नेपाली काँग्रेसका वडाध्यक्षका उम्मेदवारका साथ खिचिएको फोटोबारे गायीका ओलीले प्रतिक्रिया समेत दिएकी छिन् ।

‘सिन्धुपाल्चोकबाट राप्रपाको चुनावी प्रसार सिध्याएर सानेपास्थित घर आइपुगेलगत्तै नेपाली काँग्रेसबाट ललितपुर वडा नंम्बर २ का वडाध्यक्ष उम्मेदवार पवन बिष्ट कार्यकर्तासहित भोट माग्न आएपछि फोटो खिचिएको हो,गायीका ओलीले भनिन्,‘फेरि हामी छिमेकी समेत हौं। छिमेकीलाई प्रोत्साहन गर्दै मैलै खादा लगायर शुभकामना समेत दिएकी थिएँ।’

सानेपा निवासी गायीका कोमल ओलीले राम्रो मान्छेको प्रचार प्रसार गर्नुपर्नेमा जोड दिएकी छिन्। ‘म राप्रपाप्रति आस्था राखेझैं मेरा छिमेकी काँग्रेस र एमालेप्रति आस्था राख्छन् । राम्रा मानिसको प्रोत्साहन हामी सबैले गर्नुपर्छ।’