देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

टलक बोम्जन देखी कुलवहादुर पनि ढाले, अन्य पनि ढाल्ने नियतले दोलखा प्रबेश गर्नै खोज्दा ४१ जना पक्राउ

देशान्तर

चरिकोट । विगत देखी नै दोलखामा गुण्डा गर्दीको आडमा चुनाव जित्न माहिर दोलखाका केहि राजनितिकदले चुनाव आउन तिन दिन बाकीँ छदा चुनावका लागि भाडामा ल्याएका केहि युवा जथ्था टोली दोलखामा प्रबेश गर्नै लाग्दा जिल्ला प्रहरी कार्यालय दोलखाले नियन्त्रणमा लिएको छ ।

निर्बाचनमा असर गर्ने गरि बुथ कब्जा गर्न आएका ४१ गुण्डालाई प्रहरीले पक्राउ गरि नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यलय दोलखाका अनुशार काठमान्डौ बौद्ध, सुनसरी, ललितपुर, झापा र मोरङ घर वताउने युबाहरुलाई पक्राउ गरि राखेको बताएको छ ।

पक्राउ पर्ने युबाहरुको एक ठुलो बस र ९ वटा मोटरसाईल समेत नियन्त्रणमा लिएको बताएको छ । प्रहरीले उनिहरुले चढेर आएकोे बा ३ ख नम्बरको यात्रु बाहक बस र बा १६ च ४७४४ नम्बरको स्करफियो गाडी पनि नियन्त्रणमा लिएको बताएको छ ।

अहिलेसम्म प्रहरीले कुन पार्टीले ल्याएका युवाहरु हुन् भन्ने बताएको छैन । एमाले कार्यकर्ताको मृत्यु हुने गरि भएको घटनापछि प्रतिरक्षात्कम अबस्थामा पुगेको एमालेले गुण्डा ल्याएको हुन सक्ने आशंका सर्बसाधरणाले गरेका छन् ।

दोलखाको गौरीशंकर गाउँपालिका वडा नम्बर १ मा भएको मत्युको घटनालाई जोडेर एमालेले मुडभेड निम्त्याउन खोजेको स्थानियले आरोप लगाएका छन् । गएको ०७० सालको संविधान सभाको निर्वाचन पनि गुण्डा प्रयोग गरेर दुवै क्षेत्र जितेका एमालेले फेरी कव्जा गरेरै जित्ने नियतले गुण्डा ल्याएको हुन सक्ने भन्दै मतदाताहरुमा फेरी पनि कतै भोट हाल्न नपाउने पो होकी भन्ने क्रास पैदा भएको छ ।

०७० सालको संविधान सभाको निर्बाचनमा दोलखा क्षेत्र नं. १ वाट निर्वाचित एमाले सांसद पार्बत गुरुङले बुथ कव्जाको नियतले गैरिमुदी गाविसामा गुण्डाको तैनाथ गर्न खोज्दा स्थानियबासीहरुले वाहिरका गुण्डाहरुलाई लखेटेर २६ वटा मोटरसाईकल र एउटा बोलेरो जिप जलाएका थिए ।

त्यसैगरी बुधवार मात्र टाईगर नाम दिएर केही दिन देखी उत्तरी साविकको जुंगु गाविसामा एमालेले गुण्डाको तैनाथ गर्दैगर्दा माओवादी संगको दोहोरो झडपमा परि स्थानिय कुलवहादुर तामाङको मृत्यू भयो । दुई वटा मोटर साईकल जल्यो । प्रहरीले ति युवाहरुलाई नियन्त्रणमा लिनका लागि निगरानि गरिरहेकै वेला सो घट्ना घट्यो ।

दुई दशक अघि दोलखाकै अर्को घट्ना नेपाली काग्रेसका तत्कालिन साविक गैरिमुदी गाविसाका प्रधानपञ्च गाविसा अध्यक्ष टलक वहादुर बोम्जनलाई नेकपा एमालेका कार्यकर्ताले उदाने सामुदायीक बनको शिर गैरिको जंगल (मेतच्याट) भन्ने स्थानमा लगेर निर्मता पूर्वक हत्या गरे ।

वेलैमा स्थानिय प्रशासनले बाहिरवाट आएका भाडाका गुण्डाहरु नियन्त्रणमा लिई कडानिगरानी गर्न नसके यस्ता घट्ना फेरी दोहोरीन सक्ने देखिन्छ । सोझसाझा जनाता चुनावको नाममा त्रशित वन्नु पर्दैन र उनिहरुले आफ्नो मौलिक अधिकारलाई प्रयोग गरी निर्धक्क साथ आफुले चाहेको उम्मेद्वारलाई मत दिन पाओस ।