देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

काठमाडौं महानगरपालिकाका पूर्व मेयर केशव स्थापितद्धारा कांग्रेस उमेदवारहरुलाई शुभकामना

देशान्तर

काठमाडौं । काठमाडौं महानगरपालिकाका पूर्व मेयर केशव स्थापितले नेपाली कांग्रेसका तर्फबाट काठमाडौं महानगरपालिकाका उमेदवारहरुलाई विजयको शुभकामना दिएका छन् ।

चुनाव प्रचार प्रसारको अन्तिम दिन स्थापितले कांग्रेसका उमेदवारहरुलाई घरदैलोकाक्रममा विजयको शुभकामना दिएका हुन् । स्थापित आफै एमालेबाट काठमाडौं महानगरको मेयरको टिकटको आशामा थिए ।

तर एमाले भित्रको गुटबन्दीका कारण पूर्व मेयर स्थापितले टिकट नपाएपछि रुष्ट बन्दै आएका थिए । घरदैलोका क्रममा स्थापितको टोल वागवजारमा बोलाएर विहिवार कांग्रेसबाट मेयरका उमेदवार राजुराज जोशी र उपमेयरका उमेदवार हरिप्रभा खड्गीलाई अग्रीम शुभकामना दिएका हुन् । कांग्रेसले वागवजारबाट नै उपमेयरमा हरिप्रभालाई उमेदवार बनाएको छ ।