देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

गृहजिल्ला पुगेका वनमन्त्रीमाथि एमालेका कार्यकर्ताद्धारा आक्रमणको प्रयास

देशान्तर

तनहुँ । मुख्य विपक्षी दल एमालेका कार्यकर्ताले तनहुँमा बनमन्त्री शंकर भण्डारीमाथि चुनावको समयमा जिल्लामा आएको भन्दै आक्रमणको प्रयास गरेका छन् । तनहुँको भानु नगरपालिकामा मन्त्री भण्डारीमाथि आक्रमणको प्रयास भएको हो । भण्डारी भानु नगरपालिकाका मतदाता समेत हुन् ।

नेपाली काँग्रेसले सोमबार वन तथा भूसंरक्षणमन्त्री शङ्कर भण्डारीमाथि एमालेका कार्यकर्ताले तनहुँको भानुमा आक्रमणको प्रयास गरेको र नेपाली काँग्रेसबाट वडा नं १ का अध्यक्षका उम्मेदवार बनेका आशबहादुर लामामाथि अभद्र व्यवहार गरेको भनी निन्दा गरेको छ । एमाले कार्यकर्ताहरुले मन्त्री भण्डारी लमजुङबाट राजधानी फर्कने क्रममा डुम्रे बेँसीसहर खण्ड अवरुद्ध पारेर आक्रमणको प्रयास गरेका थिए ।

घटनास्थलमा तत्कालै पुगेको सुरक्षाकर्मीको टोलीले मन्त्री भण्डारीलाई उद्धार गरेको थियो । मन्त्री भण्डारी लमजुङमा एक मित्रको शुभकार्यमा सहभागी भएर राजधानी फर्कँदै थिए । व्यक्तिगत कार्यमा सहभागी भएर फर्कंदै गर्दा एमाले कार्यकर्ताले आक्रमणको प्रयास गर्नु अत्यन्त निन्दनीय भएको मन्त्री भण्डारीको भनाइ छ । काँग्रेस भानुनगर समितिका सभापति श्रीभक्त आचार्य र काँग्रेस तनहुँका सचिव विश्व बास्तोलाले उनीहरुमाथि आक्रमणको प्रयासको निन्दा गर्दै सो घटनाको विषयमा दोषीमाथि कारबाही गर्नुपर्ने माग प्रशासनसमक्ष गरेका छन् ।