देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

एमाले र माओवादी केन्द्रका कार्यकर्ताबीच झडप हुँदा पाँच घाइते

देशान्तर

मलेखु (धादिङ) । गजुरी गाउँपालिका–८ चैनपुरमा आज नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)का कार्यकर्ताबीच झडप हुँदा पाँच जना घाइते भएका छन् ।

घाइते हुनेमा माओवादीका ६० वर्षीय मायानाथ अधिकारी, ३६ वर्षीय नारायण अधिकारी, ३५ वर्षीय सावित्री अधिकारी तथा एमालेका २४ वर्षीय सुरेन्द्र बराल र २३ वर्षीय मिलन बराल छन् । दुवै पक्षको चुनावी प्रचारप्रसारका क्रममा चैनपुरमा जम्काभेट भएपछि झडप भएको हो ।

घाइतेमध्ये मायानाथ र नारायणलाई उपचारका लागि काठमाडौँ पठाइएको छ । अन्य घाइतेको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको प्रहरी उपरीक्षक शरद खत्रीले बताए ।