देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

एमालेका सय बढी कार्यकर्ता कांग्रेसमा प्रवेश, कोइरालाले स्वागत गरे

देशान्तर

पोखरा । नेपाली काँग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले एकताबद्ध समाज, राष्ट्रिय समृद्धि र विकासका लागि आसन्न स्थानीय तहको निर्वाचनमा काँग्रेसको विजय आवश्यक भएको बताएका छन् ।

नेपाली काँग्रेसद्वारा पोखरा लेखनाथ महानगरपालिका– १७ मा आज आयोजित चुनावी सभामा उनले हिमाल, पहाड र तराईलाई एकाकार गर्दै स्थानीय आवश्यकताअनुसार विकास निर्माणका कार्यलाई अघि बढाउने विषय पार्टीको प्राथमिकतामा रहेको बताए ।

केन्द्रीय सदस्य कोइरालाले पहाड र तराईबीच झगडा गराएर राष्ट्र र राष्ट्रियता कमजोर बनाउने कार्यमा नेकपा एमाले लागेको आरोप लगाउँदै उनले उग्र राष्ट्रवाद र उग्र मधेसवादले देश एवम् लोकतन्त्रलाई कमजोर बनाउने उल्लेख गरे ।

काँग्रेसका अर्का केन्द्रीय सदस्य बद्री पाण्डेले राष्ट्रका जस्तासुकै समस्याको समाधान गरी आर्थिक समृद्धि र विकासको मार्गमा देशलाई डोर्याउने प्रमुख जिम्मेवारी काँग्रेसको भएको धारणा व्यक्त गरे ।

कार्यक्रममा काँग्रेसका महाधिवेशन प्रतिनिधि देवराज चालिसे, पोखरा लेखनाथ महानगरपालिका–१७ का वडा अध्यक्षका उम्मेदवार पुण्डरीप्रसाद बराल लगायतले स्थानीय आवश्यकतालाई समाधान गर्ने जिम्मेवारी काँग्रेसको काँधमा आएको बताए ।

कार्यक्रममा नेकपा (एमाले) का ११९ जना कार्यकर्ता उक्त पार्टी परित्याग गरी काँग्रेसमा प्रवेश गरेका थिए । उनीहरुलाई केन्द्रीय सदस्य कोइरालाले पार्टीको सदस्यता हस्तान्तरण गरेर स्वागत गरेका थिए ।