देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

वाटर इन्डस्ट्रीमा पेट्रोल बम प्रहार

देशान्तर

काठमाडौँ । शिवपुरी ड्रिङ्किङ वाटर इन्डस्ट्रीमा अज्ञात समूहले आज बिहान पेट्रोल बम प्रहार गरी क्षति पु¥याएको छ ।

कम्पनीका सञ्चालक रमेश महतका अनुसार माक्स लगाएर आएका पाँचजनाको समूहले कम्पनीका पालेलाई नियन्त्रणमा लिई अन्धाधुन्ध पेट्रोल बम प्रहार गरेको जानकारी दिए ।

बम प्रहारबाट कम्पनीभित्र राखिएको बा ६ च ११७२ नंको कार पूर्ण क्षति पुगेको छ भने बा ५१ प ८५१३ नंको मोटरसाइकल पूर्ण क्षति भएको छ । त्यस्तै बा २६ प ८५१३ को मोटरसाइकलमा आंशिक क्षति पुगेको छ ।

नेपाली काँग्रेसका नेता महतले निर्वाचनका समयमा राजनीतिक प्रतिशोध राखेर आफ्नो कम्पनीमाथि आक्रमण भएको आरोप लगाए । प्रहरीले उक्त कम्पनीमा भएको क्षतिको विवरण तथा आक्रमणकारीको खोजी अगाडि बढाएको छ ।