देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बौद्धबाट मनकामना सम्म शान्ति दौड सुरु

देशान्तर

काठमाडौँ । बौद्धनाथ क्षेत्र विकास समितिले २५६१औँ बुद्धजयन्तीको उपलक्ष्यमा सोमवार बौद्धबाट मनकामनासम्म शान्ति दौड सुरु गरेको छ ।

बुद्ध जयन्तीको प्रवद्र्धन तथा बुद्धको शान्ति र अहिंसाको सन्देश फैलाउनका लागि काठमाडौँको बौद्धबाट गोर्खाको मनकामनासम्म सो दौड गरिएको समितिले जनाएको छ ।

दौडमा राष्ट्रियधावक रत्न तुलाधारका साथै जयराम लामा, दामोदर बुढा मगर, शेरबहादुर थारू, महेन्द्र गुवाजु, दिनेश महर्जन, तेन्जङ शेर्पा, नारायण नापित र दीपक शाक्य सहभागी छन् । सो समूह सोमवार गल्छी, मङ्गलबार मुग्लिन र बुधबार आबुँखैरेनी हुँदै मनोकामना पुग्नेछ ।

यहाँ सोमवार आयोजित बिदाइ कार्यक्रममा नेपालका लागि जापानका राजदूत मासासी ओगावाले बुद्धले मानव कल्याणका लागि विश्वमा शान्ति र नैतिकताको शिक्षा उपलब्ध गराएको बताउँदै सोही उपदेश फैलाउन गरिएको दौडको सफलताको कामना गरे । उनले नेपाल र जापनाबीचको सदियाँै पुरानो सम्बन्धको स्मरण गर्दै एक सय वर्षअगाडि जापानी नागरिक इकाई कावागुची बौद्धमा आएको प्रसङ्ग सुनाए ।

समितिका अध्यक्ष सम्पूर्णकुमार लामाले सहभागीलाई राष्ट्रिय झन्डा र बौद्व झन्डा प्रदान गर्दै बुद्धले विश्वका मानवका लागि दिएको शान्ति तथा अहिंसाको सन्देशलाई विभिन्न गतिविधि गरी प्रवद्र्धन गर्नका लागि समिति क्रियाशील रहेको बताए ।

सहभागीले दौडका क्रममा विभिन्न दातृ सङ्घ संस्थाले उपलब्ध गराएको आर्थिक सहयोग मनकामना मन्दिर जीर्णोद्धारका लागि हस्तान्तरण गरिनेछ । विश्व सम्पदामा सूचीकृत उक्त सम्पदा स्थलमा बुद्ध जयन्तीका दिन पर्यटकलाई निःशुल्क प्रवेशको व्यवस्था मिलाएको छ । यही वैशाख २७ गते बुद्धजयन्ती परेको छ ।