देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

यस वर्षको ‘चलचित्र पत्रकारिता तथा सम्मान’ घोषणा

देशान्तर

काठमाडौं । यस वर्षको चलचित्र पत्रकारिता पुरस्कार तथा सम्मानको घोषणा गरिएको छ । चलचित्र पत्रकार संघ नेपालले प्रदान गर्ने सो पुरस्कार चलचित्र पत्रकारिता दिवसका दिन प्रदान गरिनेछ । चलचित्र पत्रकार संघले प्रत्येक वर्ष ७ जेठमा चलचित्र पत्रकारिता दिवस मनाउ“दै आएको छ ।

यस वर्ष रेडियो नेपालमा कार्यरत वरिष्ठ पत्रकार डा.नवराज लम्साललाई प्रदान गर्ने निर्णय गरेको छ । संघको शुक्रबार बसेको कार्यसमितिको बैठकले प्रत्येक वर्षझैं यसपल्ट पनि चलचित्र पत्रकारितामा सक्रिय रहेका दुईजनालाई चलचित्र पत्रकारिता पुरस्कार दिने निर्णय गरेको हो ।

त्यस्तै, सगरमाथा टेलिभिजनमा फिल्मसम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आइरहेका पारस पौडेल र अनलाइनखबर डटकमका विजय आवाजलाई पुरस्कृत गर्ने निर्णय गरिएको छ । १५ हजार रुपैयँ“ रहेको यो पुरस्कारको राशि यस वर्षबाट बढाएर २१ हजार रुपैया“ पु¥याइएको छ ।

संघले यस वर्षबाट चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार पनि दिने भएको छ । यो पुरस्कार पहिलो पोस्ट डटकमकी श्वेच्छा राउतलाई दिने निर्णय संघले गरेको विज्ञप्तिमा जनाइएको छ ।