देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

‘महानगर’ मा केकीलाई रिप्लेस गरिन् मेनुकाले

देशान्तर

काठमाडौं । काठमाडौं बसेर संघर्ष गरेर थाकेका एक जोडी युवायुवतीको कथालाई लिएर चलचित्र ‘महानगर’ बन्ने भएको छ । बुधबार एक कार्यक्रमको आयोजना गरी चलचित्र निर्माणको घोषणा गरियो ।

कर्मा शाक्य र मेनुका प्रधान मुख्य भूमिकामा रहने चलचित्र ‘महानगर’ वैशाख २७ गतेबाट फ्लोरमा जानेछ ।

काठमाडौं वा काठमाडौंजस्तै सहरमा बस्ने नागरिक र उनीहरूले गर्ने संघर्ष नै चलचित्र ‘महानगर’ को मुख्य विषय भएको चलचित्रका निर्देशक तथा लेखक मोहन राईले बताए ।

कार्यक्रममा नायक कर्माले आफूलाई ‘महानगर’ को कथावस्तु रामे लागेको बताए ।
यसैबीच, यसअघि ‘महानगर’ मा कर्माको अपोजिटमा नायिका केकी अधिकारी रहने बताइएको थियो ।

कार्यकारी निर्माता गोविन्द मैनालीले केही व्यस्त भएकाले ‘महानगर’ मा काम गर्न सम्भव नभएको बताए । केकीका ठाउ“मा मेनकालाई अनुबन्ध गरिएको हो ।