देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सगरमाथा आधार शिविरमा निधन भएका शेरचनको शव काठमाडौंमा

देशान्तर

सोलुखुम्बु । सगरमाथा आधार शिविरमा निधन हुनुभएका ८६ वर्षीय मीनबहादुर शेरचनको शव आईतवार यहाँ स्थित काठमाडौँ ल्याइएको छ ।

शनिबार साँझ आधार शिविरमा निधन हुनुभएका शेरचनको शव परीक्षणका लागि बिहान १० बजे लुक्लाबाट काठमाडौँ ल्याएको प्रहरीले जनाएको छ ।

आधार शिविरबाट बिहान करिब ८ बजे तेन्जिङ हिलारी बिमानस्थल लुक्ला ल्याइएको शव फिस्टेल एयरको हेलिकम्पटरमार्फत काठमाडाँै ल्याएको हो । त्रिवि, शिक्षण अस्पताल महाराजगन्जमा शव परीक्षणपछि बौद्ध परम्परानुसार अन्येष्टि गरिने बताइएको छ ।

विसं २०६५ मा ७६ वर्षका उमेरमा तीन सय चालिस दिन लगाएर सगरमाथा चढी कीर्तिमान राखेका शेरचनको कीर्तिमान २०७१ मा ८१ वर्षीय जापानी युउचिरो मिउराले तोडेकाले शेरचन ८६ वर्षका उमेरमा सगरमाथा आरोहणको तयारीमा थिए ।

म्याग्दी घर भएका शेरचन समिट नेपाल ट्रेकिङ एजेन्सीमार्फत सगरमाथा आरोहणका लागि यही वैशाख ३ गते सात सदस्यीय समूह सहित काठमाडौँबाट हिँडेका थिए ।

शेरचनको विसं २०७० र २०७२ मा सगरमाथा आरोहण योजना असफल भएको थियो । यस वर्ष भने अभियान सफल बनाउने बताउँदै उनी काठमाडाँैबाट हेलिकप्टरमार्फत तेन्जिङ हिलारी विमानस्थल लुक्ला हँुदै आधार शिविर पुगेका थिए ।