देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

एमाले जिताउन खेलकुद दुरुपयोग

देशान्तर

काठमाडौं । यतिबेला देश स्थानीय निर्वाचनमय भएको छ । नेकपा एमालेले देशव्यापी रूपमा पराजय व्यहोर्ने भएपछि अहिले खेल क्षेत्रलाई मात्र होइन खेलका लागि भनेर आएको रकम समेत निर्वाचनको प्रचारप्रसारमा खर्च गरिरहेको तथ्य खुल्न आएको छ । राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव केशव विष्टको विशेष सक्रियतामा खेलकुद परिषद्को बजेट विभिन्न बहानामा निर्वाचनका लागि खर्च गरिएको छ । सदस्यसचिव विष्टसहितको टिम यतिबेला निर्वाचनमुखी कार्यक्रम तयार गर्नमा व्यस्त देखिएका छन् ।

यसका लागि राखेपमा एमालेका तर्फबाट सदस्य भएकाहरू पनि यतिबेला आफ्नो निर्वाचन क्षेत्रमा खेल सामग्री वितरण गर्ने, विभिन्न बहानामा रकम निकासा गर्ने र अन्य धेरै आर्थिक अपचलन गर्ने प्रयासमा जुटिरहेको जानकारी राखेप स्रोतले दिएको छ । राखेप सदस्यसचिव विष्टले भने धेरैजसो रकम पूर्वाञ्चलमा पठाएको र बाँकी केही रकम अन्यत्र पठाइरहेको बुझिएको छ । विभिन्न बहानामा परिषद्बाट दैनिक लाखौंरुपैयाँ झिकेर परिषद्लाई धराशायी बनाएरै भएपनि नेकपा एमालेको एउटा कित्ता निर्वाचनमा मतदाता खरिद बिक्रीमा लागेको छ । राखेपका कर्मचारीहरूका अनुसार निर्वाचन आयोगले यस्ता विषयमा पनि ध्यान दिनुपर्ने देखिन्छ ।

मेयर नपाए पनि चन्दा उठाउँदै जीवनराम
काठमाडौं महानगरपालिकामा नेकपा एमालेको तर्फबाट मेयरमा टिकट पाउने आसमा बसेका जीवनराम श्रेष्ठ विद्यासुन्दर शाक्यको नाम सार्वजनिक भएपछि निराश बनेर अहिले हाँसिरहेको नाटक गर्नमा व्यस्त छन् । उनले आफ्नो फेसबुक स्टाटसमा पनि मुटु माथि ढुंगा राखी हाँस्नु पर्‍या छ भन्ने वाक्य लेखेबाट पनि उनलाई कति पीडा भएको छ भन्ने प्रष्ट देखिन्छ । उनी निकट केही व्यापारी र साथीभाइसँग उनले विगत एक महिनादेखि नै आफूले टिकट पाउने र त्यसका लागि आर्थिक सहयोग गर्न भन्दै रकम उठाएको पनि बुझिएको छ । केहीले उनलाई अगाडि नै रकम दिएपनि अन्यसँग पार्टीलाई जिताउनका लागि हो भन्दै उनी रकम उठाउँदै हिँडेको एमालेका एक नेताले स्वीकार गरे । यसबाट जीवनराम श्रेष्ठको ध्यान मेयरको टिकटमा किन केन्द्रित थियो भन्ने पुष्टि हुन्छ । ओलम्पिक कमिटीबाट गलहत्याइएका जीवनराम सुरक्षित अवतरणका लागि मेयरको टिकटको दाउमा थिए । तर त्यो पनि नपाएपछि दुवैतिरबाट उनको हावा फुस्किएको छ । जसका कारण जीवनरामको अहिले नीदहराम भएको छ ।