देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

काँग्रेस नेता शाक्यको निधनमा भावपूर्ण श्रद्धाञ्जलि

देशान्तर

काठमाडौँ, २३ वैशाख । नेपाली काँग्रेसले पार्टीका नेता एवम् पूर्वमन्त्री मार्सल जुलुम शाक्यको निधनमा भावपूर्ण श्रद्धाञ्जलि व्यक्त गरेको छ ।

नेपाल विद्यार्थी सङ्घको संस्थापक नेता शाक्यको आज बिहान ८ बजेर ४५ मिनेटमा ७७ वर्षको उमेरमा ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा निधन भएको थियो ।

काँगे्रस सभापति शेरबहादुर देउवाले स्व शाक्यको पार्थीव शरीरमा आज पार्टी कार्यालय सानेपामा पार्टीको झण्डा ओढाई उनीप्रति भावपूर्ण श्रद्धाञ्जलि व्यक्त गरेका हुन ।

स्व शाक्यको पार्थीव शरीरलाई अन्तिम श्रद्धाञ्जलिका लागि पार्टी केन्द्रीय कार्यालयमा राखिएको थियो । वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशाङ्क कोइराला, केन्द्रीय सदस्य डा शेखर कोइराला, केवी गुरुङ, प्रकाशमान सिंह, तीर्थराम ढङ्गोल, भीमसेनदास प्रधानलगायत नेता तथा कार्यकताले स्व शाक्यप्रति श्रद्धाञ्जलि दिएको थियो।

सो अवसरमा सभापति देउवाले स्व शाक्यको असामयिक निधनले पार्टीलाई अपुरणीय क्षति पुगेको उल्लेख गर्दै प्रजातन्त्र स्थापनार्थ उनले पु¥याएको योगदानलाई पार्टीले उच्च सरहाना गर्छ भने ।
उनले भने “स्व शाक्य स्वभिमानि नेता थिए, प्रजातन्त्रका निमित्त उनले कसैसित सम्झौता गरेनन्।”

शाक्य विसं २०१७ पुस १ गते राजाले तत्कालीन प्रधानमन्त्री बिपी कोइरालालाई अपदस्त गरेपछि कालो झन्डा लिएर प्रदर्शनमा उत्रँदा जेल परेका थिए।

सो अवसरमा वरिष्ठ नेता पौडेलले राष्ट्रियता, प्रजातन्त्र र समाजवादका लागि शाक्यले पु¥याएको योगदान उच्च रहेको चर्चा गर्दै उनको निधनले काँग्रेसलाई ठूलो क्षति पुगेको छ बताए ।

लामो समय जेल जीवन व्यतित गरेका शाक्य विसं २०४६ पछि गठन भएको अन्तरीम मन्त्रिपरिषद्का काँग्रेसबाट आपूर्तिमन्त्री समेत भएको थियो।