देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मानव कल्याणका लागि बौद्धदर्शनको महत्व छ – उद्योगमन्त्री जोशी

देशान्तर

काठमाडौँ । महिला बौद्ध समूहले २५६१ औँ बुद्वजयन्तीका उपलक्ष्यमा बुद्धको प्रतिमासहित आज शोभा यात्रा गरेको छ ।

काठमाडौँको टेकुस्थित बुद्धबारीबाट सुरु भएको सो यात्रा जैशीदेवल, गणेशस्थान, वसन्तपुर, यङ्गाल, लगन हुँदै समारोहस्थलमा आएको थियो ।
सो अवसरमा उद्योगमन्त्री नवीन्द्रराज जोशीले बुद्धले प्रतिपादन गरेको बौद्ध दर्शन तथा उपदेश समग्र मानवकल्याणका लागि आवश्यक रहेको बताए ।

उनलेले बौद्ध साहित्यमा महिला सशक्तिकरणका लागि समेत शिक्षा उपलब्ध गराइएको स्मरण गर्दै महिला बौद्ध समूहले विभिन्न समयमा सामाजिक गतिविधि सञ्चालन गर्दै आएकोमा त्यसको सराहना गरे ।

नेपाली काँग्रेसका युवा नेता शैलेस शाक्यले नेपालमा जन्मेका बुद्धले विश्वलाई शान्ति र अहिंसाको शिक्षा दिएको बताउँदै स्वदेशमा पनि बौद्ध शिक्षाको महत्वलाई बढाउनपर्नेमा जोड दिए ।

महिला बौद्ध समूहको विकासमा योगदान पु¥याउने संस्थापक अध्यक्ष श्रीमिला सुवाल, समाजसेवी ज्ञानदेवी शाक्यलगायत १५ जनालाई सो कार्यक्रममा सम्मान गरिएको थियो ।

सो संस्थाले विभिन्न समयमा बौद्ध गतिविधि सञ्चालन गरी बुद्धको शिक्षा तथा उपदेशलाई समाजमा फैलाउने गरेको अध्यक्ष सुवालले जानकारी गराए । यही वैशाख २७ गते बुद्धजयन्ती परेको छ ।