देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

एडिबीको पचासौँ वार्षिक बैठक : समृद्ध एसिया–प्रशान्त क्षेत्र निर्माणको बाचा

देशान्तर

जापान । समृद्ध एसिया–प्रशान्त क्षेत्र निर्माणको बाचाका साथ ‘साथसाथै मिलेर एसियाको समृद्धि निर्माण’ नारासँगै एसियाली विकास बैंक ९एडिबी०को ५०औँ बैठक शनिवार यहाँ प्रारम्भ भएको छ ।

बैंकको ६७ सदस्य देशका सरकारी अधिकारी, निजी क्षेत्र, सञ्चारकर्मी, नागरिक समाज, विश्वका विभिन्न देशका अर्थशास्त्री, बहुपक्षीय अन्तर्राष्ट्रिय सङ्घसंस्थालगायतका करिब छ हजार प्रतिनिधिको सहभागितामा रहेको उद्घाटन समारोहलाई सम्बोधन गर्दै जापानका युवराज नारुहितोले समृद्ध एसिया निर्माणमा सबै एसियालीले सामुहिक प्रयास गर्नुपर्नेमा जोड दिए।

पचास वर्षअघिको एसिया–प्रशान्त क्षेत्रको गरिबी धेरै हदसम्म घटेको भएपनि यस क्षेत्रमा अझैै गरिबी विद्यमान रहेको उनले बताए । गरिबी अन्त्यका लागि विश्वका विभिन्न भागबाट बैठमा भागलिन एकत्रित भएका विद्वत् वर्गको बौद्धिकता सामुहिक रुपमा उपयोग हुनुपर्नेमा युवराज नारुहितोले जोड दिए ।

एसिया–प्रशान्त क्षेत्रमा अझै पनि तीस करोडभन्दा बढी नागरिक निरपेक्ष गरिबीको रेखामुनि रहेकाले भौतिक पूर्वाधार निर्माण, ऊर्जा आपूर्ति सञ्जाल विस्तार र यातायात क्षेत्रको विकासबाट नै समृद्धि हासिल हुने उनले बताए ।

जापानका उपप्रधानमन्त्री एवम् अर्थमन्त्री तारो आसोले एसिया–प्रशान्त क्षेत्रको आर्थिक विकास, यस क्षेत्रका आर्थिक उन्नयनका चुनौती, पूर्वाधार विकासमा लगानी वृद्धि, प्राकृति विपत्ति व्यवस्थापनलगायत सुदृढ अर्थतन्त्रका निम्ति बैंकले अझ सचेततापूर्वक काम गर्नुपर्ने बताए ।

दिगो आर्थिक विकास हासिल गर्न पूर्वाधार निर्माण अपरिहार्य भएको बताउँदै उनले विकासका परियोजनामा अत्याधुनिक प्रविधि प्रयोग गर्न जापानले एडिबीलाई चार करोड अमेरिकी डलर प्रदान गर्ने घोषणा गरे । उच्चस्तरीय प्रविधि कोष स्थापनाका लागि बैंकलाई जापानले उक्त रकम प्रदान गर्ने उनले जानकारी दिए ।

उक्त रकम आगामी दुई वर्षभित्र एडिबीलाई उपलब्ध गराइने जानकारी दिँदै बैंक सञ्चालक समितिका अध्यक्षसमेत रहेका उपप्रधानमन्त्री आसोले हाल बैंकको ‘रणनीति २०३०’ तयार भइरहेको जानकारी दिए । एसिया–प्रशान्त क्षेत्रको विकासका लागि बैंकसँग निकट सम्पर्कमा रहेर जापानले काम गरिरहने उनले प्रतिबद्धता व्यक्त गरे ।

प्राकृतिक विपत्तिका बेला पनि नष्ट नहुने गुणस्तरीय पूर्वाधार निर्माण र त्यसमा लगानी वृद्धि एसिया प्रशान्त क्षेत्रका लागि अत्यावश्यक भएको उनको कथन थियो ।

बैंकका अध्यक्ष तोकेहिको नाकाओले बितेका ५० वर्षमा एडिबीले एसिया– प्रशान्त क्षेत्रको विकासका लागि ज्ञान, वित्त, उपयुक्त नीति, मैत्री तथा क्षेत्रीय सहयोग प्रवद्र्धन गरेको बताए ।

बैंकले एसिया– प्रशान्त क्षेत्रको उज्ज्वल भविष्यका लागि रणनीति २०३० तयार पारेको र त्यसले एसियाको आर्थिक वृद्धि, गरिबी जलवायु परिवर्तन, सहरीकरण, बढ्दो असमानताजस्ता विकासका चुनौतीलाई सम्बोधन गर्ने बताए ।

उक्त रणनीतिलाई सबै सदस्य देश र दातृ निकायसँगको छलफलपछि अन्तिम रुप दिइने जानकारी दिँदै नाकाओले बैंकले एसिया–प्रशान्त क्षेत्रमा ऊर्जा, यातायात, सञ्चारलगायत अत्याधुनिक प्रविधियुक्त पूर्वाधार निर्माण गर्न वार्षिक एक खर्ब ७० अर्ब अमेरिकी डलर आवश्यक पर्ने बताए । सन् २०३० सम्मको उक्त रणनीति कार्यान्वयन गर्न उक्त रकमको आवश्यकता उनले औँल्याए ।

शिक्षा, स्वास्थ्यजस्ता सामाजिक क्षेत्रलाई उक्त रणनीतिले उच्च प्राथमिकता दिएको, औलो, क्षयरोग र एचआइभीजस्ता सङ्क्रामक रोगविरुद्ध लड्ने रणनीतिका योजना नाकाओले सुनाए ।

सामाजिक एवम् आर्थिक विकासका लागि लैङ्गिक समानता सुनिश्चित गर्नु अपरिहार्य भएको भन्दै उनले महिला र किशोरीलाई उच्च शिक्षा, स्वास्थ्य, नीति तथा निर्णायक तहमा पु¥याउने, व्यावसायिक एवम् प्राविधिक शिक्षा विकास, प्राविधिक र सीप विकास तालिम, निजी क्षेत्रका स्रोत र साधनको परिचालनलाई उक्त रणनीतिले केन्द्रमा राखेको जानकारी दिए ।

साना तथा मझौला उद्योगमा स्थानयि बैंकबाट पुँजी प्रवाह गरी अधिकभन्दा अधिक जनतालाई व्यवसायी बनाउने रणनीतिको लक्ष्य रहेको अध्यक्ष नाकाओले बताए । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महराले बैठकलाई आजै सम्बोधन गर्ने कार्यक्रम छ ।