देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पूराना कांग्रेस नेता मार्शल जुलुम शाक्यको निधन

देशान्तर

काठमाडौं । नेपाली कांग्रेसका पुराना नेता मार्शल जुलुम शाक्यको निधन भएको छ । शाक्यको उपचारका क्रममा निधान भएको नेपाली कांग्रेसले जनाएको छ । कांग्रेस नेता मार्शल जुलुम शाक्य गम्भीर रोगले थलिएका थिए ।

उनको राजधानीको ग्रान्डी अस्पतालमा उपचार भइरहेको थियो । गत फागुन २० मा मस्तिष्कघात भएलगतै नर्भिक अस्पतालमा भर्ना भएका शाक्यको स्वास्थ्यमा सुधार नभएपछि उनलाई चैत ४ देखि ग्रान्डीमा उपचारर्थ भर्ना गरिएको थियो । शाक्य पछिल्लोपटक मुटु र मृगौला रोगबाट पीडित थिए ।
उहाँले सादा जीवन र उच्च विचार राख्ने नेताको छवि बनाएका थिए ।

२०१४ सालदेखि कांग्रेसमा आबद्ध शाक्य २०४७ सालको अन्तरिम सरकारमा पूर्व आपूर्ति तथा बाणिज्य र भौतिक आवास तथा निर्माण मन्त्री भएका थिए । २०१७ पुस १ को शाही कदम बिरुद्ध पहिलोपटक सडकमा उत्रिएर लोकतान्त्रिक आन्दोलन लागेका शाक्य नेविसंघको संस्थापक सदस्य, ४० को दशकमा काठमाडौं कांग्रेसको सभापति, ०४६ सालको जनआन्दोलनमा काठमाडौ उपत्यकामा आन्दोलनका कमाण्डर समेत रहेका थिए ।