देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

महाभियोग विरुद्ध पूर्वप्रधानन्यायाधीश सडकमा, मर्यादाले मिल्छ ?

देशान्तर

काठमाडौं । प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध संसदमा दर्ता महाभियोग प्रस्तावविरुद्ध कडा रूपमा प्रस्तुत हुँदै आएका पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ विरोधमा सडकमा ओर्लिएका छन् । महाभियोग फिर्ता गराउन बुधबार वसन्तपुरमा आयोजित एक भेलामा सहभागी भएर सरकारविरुद्ध उनले आक्रामक भाषणसमेत गरे ।

‘भूकम्पले सर्वोच्च अदालतको गजुर भत्काएको छ । प्रधानमन्त्रीले त्यो बनाउने प्रयास गर्नुभएन । तर, भएको न्यायपालिका पनि भत्काउन खोज्नुभएको छु,’ पूर्वप्रधानन्यायाधीश श्रेष्ठले बसन्तपुरको सार्वजानिक कार्यक्रममा प्रधानमन्त्रीलाई चेतावनी दिँदै भने, ‘न्यायपालिका नै भत्किए कसले रक्षा गर्छ ? ख्याल गर्नुहोला ।’

श्रेष्ठले देशमा बचेका केही संस्थामध्ये न्यायालयलाई ढाल्ने प्रयास भएकोसमेत आरोप दगाए। उनले आम नागरिकलाई महाभियोगविरुद्ध उत्रन आह्वानसमेत गरे। पूर्वप्रधानन्यायाधीशहरू सडकमै उत्रिएर विरोधमा भाषण दिएको घटना विरलै पाइन्छ । अन्नपुर्णपोष्टमा समाचार छ ।